संजीव सिंह,

वर्षः ०२ | अङ्कः १६ | फाल्गुण–चैत्र २०७६

नग्नता – मानव शरीरको वास्तविक वनावट र अवस्था । नग्नताको आधुनिक समझ सांस्कृतिक रुपमा जटिल छ । व्यक्तिगत र गोपनीयताको हकमा सहज, सरल एवं सौन्दर्यबोध गराउने मानव नग्न अंग व्यवहारिक र सामाजिक रुपमा वहिष्कृत मानिन्छ ।  जन्म, स्नान्, सम्भोग र मृत्युमा समेत मानव नग्न रहने अवस्था रहे पनि लाज, नीति र मर्यादाका अनुरुप हामीले यसलाई ढाक्ने र छोप्ने गर्दछौँ । नग्नता आपैmमा पहिचान हो, सौन्दर्य हो र कला हो न की कामुकता । नग्नता प्राकृतिक हो, मानविय मर्यादाको प्रतिक हो ।

       ‘‘२० शेड्स अफ न्युड्स’’ मार्पmत नग्नतालाई मानविय सौन्दर्य र बिम्बको रुपमा कलाकार कपिलमणि दीक्षित लगायत २० जना कलाकारले प्रदर्शन गरेका थिए । सेलिब्रेसन अफ èुमन बडी थिममा गरिएको उक्त प्रदर्शनमा बच्चा, युवा, युवती लगायत अनेकौँको भिड लागेको थियो । ललितपुरको एम क्युब ग्यालरीमा न्युडिटीलाई स्वतन्त्र र सामान्य तवरले कला मार्पmत प्रस्तुत गरिएको थियो । कलाकार दीक्षितका अनुसार सुन्दरता वा नग्नता भनेको महिला मात्रको नभएर पुरुष शरिर पनि हो । किनभने इश्वरले रचना गर्दा दुवैलाई उही शरीर वा देह दिएको हो ।  हो, स्वभावतः र वनावटको दृष्टिकोणले महिलाको शरीर आकर्षक र मनमोहक र उन्माद ल्याउने हुन्छ जबकी पुरुषको शरीर सुगठित र लोभ्याने हुन्छ । उनका अनुसार नग्नतालाई उन्मुक्ततासँग र प्रकृतिसँग जोडेर दाँज्ने गर्नु पर्दछ । महिला र पुरुषको विभिन्न अँग लगायत आसनको अवस्थालाई स्वतन्त्रता र गम्भिरतापूर्वक रंगद्वारा सजाइनु वा कोर्नु तथा खिच्नु नै कला हो एवं कलाकारिता । न्युडिटीलाई लाज वा सेक्सको रुपमा मात्र नभई स्वास्थ्य र जानकारीको रुपमा प्रस्तुत गरिनुपर्दछ । यसलाई आनन्द र ज्ञानको जगमा हेरिनु पर्दछ ।

       कलामार्पmत मानविय सोच परिवर्तन गर्ने अभियानमा जुटेका कलाकार दीक्षितले ‘‘ओपन अप’’ हुन समाजलाई सुझाव दिन्छन् । यसै अन्तर्गत उनले शिवले पार्वतीलाई काँधमा बोकेर उड्दै गर्दा पार्वतीका अंगहरु झर्दा शक्तिपिठ बनेका ठाउँलाई रंग र ब्रसमार्पmत झुण्डयाएर प्रदर्शन गरेका छन् । प्रदर्शनीमा विशेष आकर्षणको रुपमा रसना ब्रजाचार्यको न्युडिटी अफ ब्रेस्ट अन्तर्गत महिलाको नग्न स्तनको सुन्दर पेन्टिङ पनि राखिएको छ । उमेर र यौवन अनुरुप नै स्तनको मर्म रहेको उनले बताइन् । जवानीमा स्तनको सौन्दर्य मोह र आकर्षणले कामुकताको आभाष हुनु, सन्तानलाई स्तनपानको चाहना वा स्तन क्यान्सर हुँदाको अवस्थाको उपचारलाई यथार्थ तरिकाले चित्रण र समायोजन गरेको पाइयो ।

       कलाकार दीक्षितले पहिलो पटक सन् २००९मा आठजना कलाकारसँग मिलेर पहिलो प्रदर्शनी नेपालमा गरेका थिए । पहिलो अनुभव सुनाउँदै उनले भने, त्यो बेला समाज र दर्शक अलि संकुचित र शर्मशार नै थिए तर अहिले खुल्ला, उदार र भावना बुझ्ने खालका छन् ।  मानवजाति ईश्वरको सुन्दर र अद्भुत रचना हो, हामी आपैmँ आफ्नो शरीरको बारेमा अनभिज्ञ हुन्छौँ ।  विगत विस वर्षदेखि न्युड आर्ट गर्दै आएका कपिल भन्छन्  सकारात्मक सोचले थप बल र उचाई दिने गर्दछ । 

       न्युड अश्लिलता र वस्त्रहिनताभन्दा पनि वास्तविकता र प्राकृतिक हो भने भावकासाथ मनिषलाल श्रेष्ठ, रोशना ब्रजाचार्य, शिसिला महर्जन, अञ्जली मानन्धर, आशा डंगोल, संगिता थापा, मुक्ति सिंह, लय मैनाली, भाइराजा महर्जन, रोशन मिश्र, जुपिटर प्रधान, मुकेश श्रेष्ठ, विजे महर्जन, सुन्दर लामा, उमा विष्ट, रोशन भण्डारी, विश्वम्भर बस्नेत, उमेश श्रेष्ठ र आदित्य अर्यालका कलाहरु प्रदर्शनीमा प्रदर्शन गरि एको थियो ।