उपेन्द्र खनाल
वर्षः ०२ | अङ्कः १६ | फाल्गुण–चैत्र २०७६
गण्डकी प्रदेशको पोखरा पछिको धेरै पर्यटक आउने बन्दीपुर बजारमा अझै बढि पर्यटक भित्त्राउनका लागि बन्दीपुर गाउँपालिकाले सक्रियता देखाएको छ । दैनिक हजारौंको संख्यामा स्वदेसी तथा बिदेशी नागरिक बन्दीपुर आउने गर्दछन् । त्यहाको मौसम चिसोको समयमा पनि खासै जाडो नहुने र गर्मीको समयमा पनि चिसो हावा चल्ने भएकाले पनि पर्यटकले यो ठाउँलाई रोज्ने गर्दछन । गाउँपालिकाले पनि पछिल्लो समय बन्दीपुरको बिकासका लागि पुर्बाधारहरु निर्माणमा तदरुकता देखाएको छ । बढी पर्यटक भित्र्याउने उदेस्यले मिनि ग्रेटवाल बनाउने अवधारणा गाउँपालिकाले ल्याएको अध्यक्ष पूर्णसिं थापाले बताए । उनका अनुसार सिसाको भ्यु टावर पनि निर्माण गर्नको लागि गाउँपालिकाले प्रकृया अघि बढाएको छ । बन्दीपुर रमणीय मात्रै नभईकन त्यहाँबाट मनोरम हिमश्रृखला समेत देखिने भएकाले यो ठाउँले प्रसिद्धि पनि कमाएको छ ।
एसीयाकै ठूलो दाबी गरिएको सिद्धगुफा पनि बन्पदीपुरमै पर्छ । त्यस ठाउँको पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाले गुफाभित्रै कार्यपालिका बैठक समेत राखेको थियो । त्यस्तै केही समय अघि बिदेशी नागरिकले गुफाभित्रै बास पनि बसेका थिए । पृथ्वी राजमार्गको डुम्रेदेखि बन्दीपुरसम्म पुग्ने बाटो साँघुरो भएकाले फराकिलो समेत बनाइएको छ । बाटो फराकिलो भएपनि पिच गर्न भने बाकी रहेको छ त्यो पनि निकट भबिस्यमा नै गरिने योजना गाउपालिकाको छ । बन्दीपुरमा केवलकार निर्माणको कामसमेत भैरहेको छ जसले गर्दा पर्यटकलाई आवतजावतमा सहज हुनेछ ।
गाउँपालिकाले पर्यटन विकासका लागि महत्वपूर्ण कामहरु गर्दै आएको छ । पूर्वाधार खडा गर्नको लागि डिपिआएर तयार पार्ने काम भइरहेको भन्दै अध्यक्ष थापाले प्रदेशको दोस्रो पर्यटकीय गन्तव्य क्षेत्र बन्दीपुर भएकाले यसको प्रर्वद्धनमा सबैले सहयोग गर्नुपर्ने बताए । पर्यटकहरुलाई यहाँ भुलाउनको लागि पर्याप्त पुर्बाधार पनि छैन त्यसैले हामिले त्यसको बिकल्प खोजी रहेका छौ । ‘त्यसकारण धेरै भन्दा धेरै पर्यटक भित्र्याउनको लागि मिनिग्रेटवालको अबधारणा ल्याएका हौ,’ उनले भने ।
चिनको ग्रेटवालको झल्को दिने उदेश्यले गाउँपालिकाले यो उपाय अबलम्बन गर्न लागेको हो । बन्दीपुरमा पर्यटकका लागि मनोरञ्जन दिन नजीकै रहेको डाँडाबाट प्याराग्लाइडिङको उडान सफल परिक्षण समेत गरिएको छ । पोखरामा प्याराग्लाइडिङ गर्न धेरै भन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । तर त्यहाँपनि अन्तराष्टिय विमानस्थल निर्माण भएपछि प्याराग्लाइडिङ उडानमा कमी आउने भएकाले पर्यटकलाई मध्येनजर गरी बन्दीपुरमा समेत उडान गरिदै आएको हो । बन्दीपुरमा गतवर्ष डेढ लाख पर्यटकले अवलोकन गरेको भएपनि यसवर्ष बढ्ने विस्वास स्थानीयको छ । बिसेसगरी बन्दीपुरको परंम्परागत सस्कारले पाहुनालाई मोहित पार्छ । नेवारी समुदायको बाहुल्यता रहेको भएपनि अन्य समुदायका स्थानीय पनि बसोबास गर्दै आएका छन । यहाँको परम्परागत तथा कलात्मक बुटेदार घरहरुले पर्यटकलाई मोहित पार्ने गरेको बन्दीपुर गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत नरहरी सापकोटाले.बताए । पछिल्लो समय बन्दीपुर घुम्नको लागि उपयुक्त गन्तव्य बन्दै गएको छ ।