मुलुक डेस्क,
वर्षः ०२ अङ्कः १६ फाल्गुण–चैत्र २०७६
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) स्पोर्टस अवार्ड–२०७६ को सर्वोत्कृष्ट विजेता तेक्वान्दोकी निमा गुरुङ र प्याराग्लाइडिङका विमल अधिकारी भएका छन् । वर्ष २०७५ भित्र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । वर्षका सबैभन्दा ठूलो र महत्वपूर्ण प्रतियोगिता १८औँ दक्षिण एशियाली खेलकूदमा नेपाल सहभागि भएको २८ खेलमध्ये प्रत्येक एक एक उत्कृष्ट खेलाडी छनौट गरिएको थियो । सर्वोत्कृष्ट खेलाडीद्वयले नगद रु १ लाख र ट्रफी प्राप्त गरेका थिए । वसन्तपुर डबलीमा आयोजित अवार्ड समारोहमा २८ खेलका उत्कृष्ट मधयेबाट सर्वोत्कृष्ट महिला र पुरुष खेलाडी छनौट भएका थिए । दक्षिण एशियाली खेलकूदमा अपराजित निमा ५३ केजी तौल समूह मुनि ६ स्वर्ण जित्न सफल रहिन ।
त्यसैगरी प्याराग्लाइडिङमा कप्तान विमलको नेतृत्वमा नेपाल रजत विजेता वन्न सफर भएको थियो । यसै क्रममा प्रत्येक खेलबाट उत्कृष्ट हुनुले जनही १० हजार नगद पुरस्कार र ट्रफी प्राप्त गरेका थिए । युवा प्रतिभावान पुरस्कार एथलेट अजित कुमार यादव र भलिबलर सरस्वती चौधरीले पाएका थिए । उनीहरुले जनही ५० हजार नगद एवं ट्रफी जित्न सफल रहे । अजित हङकङमा भएको एशियन जुनियर एथलेटिक्स च्याम्पियनसीपको ३ हजार मिटर दौडका स्वर्णधारी हुन् । यसैगरी बक्सिङ प्रशिक्षक मदन गुरुङ ‘‘गजराज स्मृति आदर्श खेल व्यक्तित्व’’ बाट सम्मानित भए । उनले ट्रफी सहित ३५ हजार नगद धनराशी प्राप्त गरेका थिए । खेलडीसँगै खेल पत्रकार राजेन्द्र चित्रकार (पूर्व फोटो पत्रकार, गोरखापत्र) र प्रज्जवल ओली (द काठमाण्डू पोष्ट) ले प्राप्त गरे । नगद २५ हजार राशी सहित ट्रफीद्वारा उनीहरुलाई सम्मानित गरिएको थियो ।
वर्ष उत्कृष्ट खेलाडी
विमल अधिकारी (प्याराग्लाइडिङ)
निमा गुरुङ (तेक्वान्दो)
तिलक पुन मगर (आर्चरी)
अजितकुमार यादव (एथलेटिक्स)
दीपेश धामी (ब्याडमिन्टन)
मनीष राजोपाध्याय (बास्केटबल)
पुनम रावल (बक्सिङ)
ओमकार सिंह (फेन्सिङ)
भरत खवास (फुटबल)
टंकबहादुर कार्की (गल्फ)
इन्द्रबहादुर श्रेष्ठ (जुडो)
रेनुका राजवंशी (कबड्डी)
विजय श्रेष्ठ (कराते)
उपेन्द्र थापा (कुराँस)
प्रेरणा कोइराला (लन टेनिस)
गोविन्द चौधरी (पेनाक सिलात)
मिलन शाह ठकुरी (रोलर स्पोर्टस)
रोशन तामाङ (सेपाकताक्रो)
सुम्मिता नेपाल (सुटिङ)
पेम्बा शेर्पा (स्पोर्टस क्लाइम्बिङ)
अमृत थापामगर (स्क्वास)
शुभम् श्रेष्ठ (पौडी)
नविता श्रेष्ठ (टेवलटेनिस)
वसन्त थारु (ट्रायथलन)
सरस्वती चौधरी (भलिबल)
सन्जु चौधरी (भारोत्तोलन)
रमेश गौतम (कुस्ती)
जुनी राई (उसु)
महिमा चौधरी (बोसिया, उत्कृष्ट पारा एथलिट)
मदन गुरुङ (गजराज जोशी स्मृति आदर्श खेल व्यक्तित्व)
राजेन्द्र चित्रकार (खेलकुद पत्रकारिता अवार्ड)