वर्षः ०२ | अङ्कः १५ | माघ २०७६

मिति २०७६ सालपौष २९गते मंगलवारकादिन यस गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २५औं बार्षिक साधारण सभा गुडविल कम्प्लेक्स हात्तिसारमा सम्पन्नभयो । उक्तबार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष राजाराम जोशी ज्यूले आ.व. २०७५/०७६ को बार्षिक प्रतिवेदन प्रस्तुत गरे । संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा २७५ ले वृद्धि गरी रु. ६, ८९, ५६ ,१३ , ७११.८३ तथा कर्जा तर्फ २६५ ले वृद्धि गरी रु. ५, ९०, ३१, २२, ८२४.५८ पुर्याएको जानकारी दिनुका साथै सस्थाका अध्यक्ष जोशिले प्रस्तुत गरेको आ.ब. २०७५। ०७६ को आयव्यय विवरण तथा उक्त आ.व.को  नाफाबाट १०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्वत  रुपमा पारित गरेको छ ।

सो अवसरमा सस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले, संस्थाले ७ बर्ष अवधिको १२ प्रतिशत व्याजदरमा ६/६ महिनामा व्याज भुक्तानी हुने गरि प्रति डिवेन्चर रु. एक हजारका दरले कुल रु. २५ करोड रुपैंया बरावरको २,५०,००० (दुईलाख पचास हजार) कित्ता “१२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिवेन्चर २०८३” निष्काशन गर्ने प्रकृयामा रहेको जानकारी गराए । हाल १६ वटा शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको फाइनान्सले आगामी दिनमा उपत्यका भित्र तथा बाहिर थप शाखा तथा एक्सटेन्सन   काउण्टर   विस्तार गरी सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।

विगत २५ बर्ष देखि आफ्नो  सेवा प्रदान गर्दै आइरहेको फाइनान्सले वित्तीय कारोवारका अतिरिक्त आफनो संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि त्यत्तिकै प्राथमिकतासाथ निर्वाह गर्दै आइरहेको छ । यसै अन्र्तगत Iam MBA नामक वित्तीय साक्षरता कार्यक्रमलाई आफ्नो शाखा रहेका र नरहेका क्षेत्रमा समेत संचाल नगर्दै आइरहेको छ ।

संस्थाको २५ औं साधारण सभाले आगामी ४ बर्षका लागि नयाँ संचालक समितिको गठन गरेको छ । जस अन्र्तगत संस्थापक शेयरधनीहरुको तर्फबाट सुधिरमान मास्के, दिलीपकुमार मुनकर्मी, जेनी जोशी (महिला संचालक) तथा सर्वसाधारण शेयरधनीहरुका   तर्फबाट  विश्वप्रकास साखः,  पशुपतिभक्त  श्रेष्ठ र रमेश मल्ल  निर्विरोध  निर्वाचित भएका छन् ।