वर्षः ०२ | अङ्कः १५ | माघ २०७६
चारपाँंग्रे सवारीसाधन सेगमेन्ट अन्तर्गत नेपालमा स्थापित ब्राण्डमध्ये महिन्द्रा अब्बल स्थानमा रहेको छ । महिन्द्रा एण्ड महिन्द्रा कम्प्याक्ट एसयूभी ‘एक्सयूभी–३००’ ले ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ्ग पाएको छ । महिन्द्रा ग्रुपको यस प्रोडक्टमा अनेकौँ विश्वस्तरीय सुविधा र सुरक्षाको दृष्टिकोणले विश्वसनीय रहेको कम्पनीको दावी रहेको छ । भारतीय सवारीसाधनमध्ये सर्वाधिक अंक सहित ग्लोबल एनसीएपीद्वारा गरिएको परिक्षणमा फाइभ स्टार रेटिङ्ग प्राप्त गर्ने पहिलो सवारी साधन बनेको कम्पनी स्रोतले दावी गरेको छ ।