वर्षः ०२ | अङ्कः १५ | माघ २०७६

कुनै पनि किसिमको दैनिकी भुक्तानीका लागि छिटो, छरितो र विश्वसनीय तथा भरपर्दो सेवा – ई–सेवामा खाता खोल्नेको संख्या ३० लाख भन्दा बढि पुगेको छ । कम्पनीको स्रोत अनुसार ई–सेवा दिनानुदिन लोकप्रिय र भरपर्दो माध्यमको रुपमा नेपालीमाझ विस्तार हुँदैछ । यसको मोबाइल एप्स डाउनलोड गर्नेको संख्या २० लाखभन्दा बढी रहेको कम्पनीले जनाएको छ । मोबाइल रिचार्ज, अनलाइन पेमेन्ट, खरिद रकम भुक्तान, रकम ट्रान्सफर लगायत बत्तिको बिलदेखि अनेकैं किसिमको रकम भुक्तान मोबाइलमार्पmत तुरुन्त गर्न मिल्ने ई–सेवा आम नागरिकको बाध्यता बन्न थालेको छ । अप्रत्यक्ष रुपमा  करिब १ करोड  जनसंख्याले यस एपमार्पmत सेवा   लिइरहेको कम्पनीले  दावी गरेको छ ।