वर्षः ०२ | अङ्कः १५ | माघ २०७६
विकास बैँक मध्ये अलग्गै र गुणस्तरीय पहिचान बोक्न सफल विकास बैँक मध्येका एक बैँक हो कामना सेवा विकास बैँक । ग्राहकलाई थप सुविधा र सहज पहुँच बनाउनका लागि बैँकले डबल डिपोजिट मुद्दति खाता योजना संचालनमा ल्याएको छ । यस योजना अन्तर्गत खाता संचालनमा वा खोल्दा ग्राहकले ७ वर्ष २ महिनामा दोब्बर रकम प्राप्त गर्ने बैँकले जनाएको छ ।
ग्राहकको बचन गर्ने बानीको निरन्तरताकै उद्देश्य सहित न्यूनतम १ लाख रुपैँयामा खाता खोल्दा ग्राहक बिमा लगायत अन्य सुविधा समेत उपलब्ध गराउनेछ । यस योजनामा सहभागि ग्राहकका लागि एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा ७ लाख रुपैँयासम्मको दुर्घटना बिमा सुविधाको अवसर उपलब्ध गराएको छ । देशभर बैँकको १ सय १७ शाखा तथा ६२ एटिएम सुविधा उपलब्ध गराउँदै आएको कामना सेवा विकास बैँकको यस योजना लगायत अन्य सुविधाले ग्राहकलाई विशेष लाभ र बैँकको व्यावसायिक वृद्धि हुनेमा बैँक विश्वस्त छ ।