डा. सनतकुमार वस्ती,
वर्षः ०२ | अङ्कः १५ | माघ २०७६
राष्ट्रकवि माधव घिमिरेले रचना गर्नुभएको अमर कृति हो : अश्वत्थामा । यो यस्तो गीति–नाट्यकाव्यहो जसमा एक पौराणिक अभिशापग्रस्त चरित्रलाई निमित्त बनाएर विश्व शान्तिको काम नागरिएको छ, युद्धमुक्त मानव जगत्को काम नागरिएको छ । कोमलमानवीय संवेदनाको रसमय स्वर ध्वनित–प्रतिध्वनितगर्दै श्री घिमिरेज् यूले यहाँ युद्धको अनपेक्षित द्वन्द्व भोग्न अभिशप्त बनेको अधुनातन मानवजातिलाई शान्त, सुन्दर, स्निग्ध युद्ध रहित मानवसभ्यताका लागि आहवान गर्नुभएको छ । यो कृति नेपाल मुलुकबाट प्रथमवार नोबेल पुरस्कारका निम्ति अनुमोदित भएको थियो ।
हिन्दी अनुवाद
यसै कृतिको हिन्दी अनुवाद हालै प्रकाशित भएको छ, जसलाई राष्ट्रकविले आफ्नो शतायु–वेलामा स्वयं सम्पन्नगर्नुभएको हो । समश्लोकी छन्दमा संरचित यो अनुवाद नेपालीबाट हिन्दीमाअवतरित भएको भन्दा पनि आफैँमा मौलिक स्वतन्त्र काव्यकृति जस्तो सहज सरस सरल र मर्मस्पर्शी बन्नपुगेको छ । एउटा दृष्टान्त प्रस्तुत गरौँ : मैं युद्ध अपराधीहूँ , स्वयं कैसे कहूँअहो !
अन्तहीन यही पीडा सहूँ कैसे सहूँअहो !
मैंने आवेश में आके छोडा आग्नेय अस्त्र जो
प्राण लेने सहस्रों को एक ही अस्त्र से अहो !
लगातामुझमेंआग, आज दौड रहावही
मुझ से ही भागता हूँ मैं , औरों से भागता नहीँ ।
यसरी शुरु हुन्छ अश्वत्थामा नाट्यकाव्यको समश्लोकी अनुष्टुप् छन्दोबद्ध हिन्दी भाषिक अनूदित संस्करण । आजका मितिमा स्वयं हिन्दीभाषी कवि गणमा पनि यसरी शास्त्रीय अनुष्टुप् छन्दमा हिन्दीकविता रच्नसक्ने कवि पाइनु दुर्लभ हुनपुगेको छ । हिन्दी भाषामा शास्त्रीय छन्दोबद्ध कविताको कालखण्ड अब इतिहास बनिसकेको छ । छन्दसिद्ध कवि हिन्दीमा कतै अन्तरकुन्तरमा कोही भए पनि नगण्य होलान् । नेपाल देवभूमि हो र यहाँ यो देववाणी बाट निःसृत छन्दोबद्ध कविताधारा आजसम्म पनि जीवन्त र रसमय रहँदै आएको छ । हिन्दीमा शास्त्रीय छन्दोबद्ध कविता रचिनु आजका मितिमा एउटा चमत्कार नै हो, राष्ट्रकवि ज्यूले शतायु–वेलामा यो चमत्कार देखाइदिनुभएको छ । निश्चय नै यो नेपाली साहित्यसंसारका निम्ति एक गौरवशाली घटना हो ।
अश्वत्थामा : स्वरूप र विषयवस्तु
अश्वत्थामा गीति नाट्यमा जम्मा ७ अंक छन् । प्रत्येक अंकमा ६÷६ वटा गीत छन् र ती सबै वैदिक स्रोतबाट आएको अनुष्टप् छन्दमा आबद्ध छन् । यसरी जम्मा ४२ वटा गीति रचनाहरु लाई संगठित गरेर यो नाट्यप्रयोग समुपस्थापित गरिएको छ । अनि प्रत्येक गीतिरचना चतुर्दशपदी छन् । यसरी ४२ वटा रचनामा जम्मा ५८८ गीति लयमधुर पंक्ति छन् अनुष्टुप् छन्दका । अनुष्टुप्का दुइ पाउमिलेर एक पंक्ति बन्दछ । हरेक पाउमा ८/८ अक्षर हुन्छन्, दुइ पाउमा १६ अक्षर । यसरी हेर्दा जम्मा ५८८ पंक्तिमा ९ हजार ४ सय ८ अक्षरहरुले यो कृति सम्पन्न भएको देखिन्छ । यसरी यो छरितो आयामभएको सरस गीतिमय नाट्य कृति हो भन्ने बुझिन्छ ।
पूर्वीय परम्पराको महाऽख्यान महाभारतका अविस्मरणीय पात्र अश्वत्थामा यस नाटकका नायकहुन् । अश्वत्थामालाई चिरञ्जीविताको वरदान प्राप्त भएकाले उनी वर्तमान कालमा पनि जीवितै छन् भन्ने विश्वास गरिन्छ । उनलाई अष्टचिरञ्जीवी मध्येका एक पात्र मानिन्छ । आज सम्मपनि हामी आफ्ना जन्मदिनमा उनको श्रद्धापूर्वक पूजागर्दछौ र चिरजीवनको वर माग्दछौँ । दशैँमा टीका लगाउँदा पढिने आशीर्वचनमयपद्यमा पनि आयुद्र्रोण सुते ..भनेर द्रोणचार्यपुत्र अश्वत्थामाको जस्तो दीर्घायु होस् भनेर उनलाइ सर्वप्रथम स्मरण गर्दछौँ । यसरी अश्वत्थामा हाम्रा पूज्यपूर्वज हुन् ।
तर, यस नाटकमा देखा पर्ने अश्वत्थामा अभिशप्त पात्र हुन् । उनले पौराणिक कालमा नै मानवतामाथि कठोर कुठाराघात हुने अक्षम्य अपराध गरेका छन् । महाभारतका युद्ध–वेलामा शिविरमा सुतिरहेका निर्दोष बालक पञ्च पाण्डवपुत्रहरू लाई निर्ममतापूर्वक हत्या गरेर जघन्य अपराध गरेका हुन् । त्यतिले नपुगेर पाण्डवको सकलवंशोच्छेदन गर्न भनेर उनले अभिमन्यु पत्नी उत्तराका गर्भमा रहेको अजात– शिशु माथि ब्रह्मास्त्र पनि प्रहार गरेका हुन् । त्यसको दण्डस्वरूप श्रीकृष्णले उनको जन्मजात शिरोमणि निकालेर उनको शिरमा कहिल्यै निको नहुने घाउ बनाइदिएका थिए । त्यही घाउको असह्य पीडा खपेर सधैँ बाँचिरहन उनी अभिशप्त छन् ।
यसरी अश्वत्थामा महाभारतका यस्ता अनौठा पात्रहुन् जो एकातिर पूज्य छन् भन् अर्कातिर अभिशप्त । यीदुवै परस्पर विरोधी विम्बले बनेका पात्र अश्वत्थामाको चारित्रिक गरिमालाई राष्ट्रकवि घिमिरेले यहाँ गहन सूझबूझका साथनिर्वाह गर्नुभएको छ
प्रथमतः यहाँ अश्वत्थामाले आफूलाई युद्ध अपराधी भनेका छन् :
म युद्ध–अपराधी हूँ आफैँले कसरी कहूँ
कैल्यै नसकिने पीडा सहूँ हे, कसरी सहूँ ।
मैले आवेशमाआई छोडेँ आग्नेय अस्त्र जो
एउटै अस्त्रले ओहो! प्राण हर्न सहस्रको
त्यो अग्निवाण फर्केर आगो लागिरहेछु म
अहे हैनअरुदेखि, मैदेखि भागिर’ैछु म ।
आफैँले आरम्भ गरेको युद्ध अपराध फैँलिदै फैँलिदै वर्तमान समय सम्म पनि आएर समग्र विश्वलाई नै युद्धमय बनाउन लागि रहेको देखेर अश्वत्थामा गहन पश्चात्तापको खाडलमा भासिएका छन् । उनी आजका विश्वमा फैलिएका सबै युद्धहरूको सूत्रधार म आफैँ हुँभन्ने मनोवेदनाले क्षुब्धएवं पश्चात्तापाऽच्छन्न भएका छन् । जबसम्म यस जगत्मा युद्ध सधैँका लागि बन्द हुँदैन तब सम्म आफ्नो घाउ कहिल्यै निको नहुने , बरुझन् झन् बल्झिने र त्यसको असह्यपीडा भोगेर बाँचिरहन आफू अभिशप्त भएको बोधले उनलाई अत्यन्त दुःखी , करुणामय र अपराधकातर पनि बनाइदिएको छ। यही चारित्रिकताले रंगाएर राष्ट्रकवि घिमिरेले यहाँ अश्वत्थामालाई नायकत्व प्रदान गर्नुभएको छ ।
नेपालको उच्च पर्वतीय भूभागमा शान्तिको खोजमा भौँतारिइरहेको अश्वत्थामा कति पीडित छन्, कति कुण्ठित छन् र कति वेदनादग्ध छन्भन्ने अनुभूतिलाई निम्नाड्ढित पंक्तिहरूले स्पष्ट पार्दछन्
पँधेर्नीहरु : पानीपानी भनीरै छौ,
काकाकुलसरी बनी
पानीपानी वहीरै’छ, पिउन्नौ किन तैपनि?
सातधारे पँधेरामाधारामा सुनका टुटी
माटीको ममता बग्छ भुल्भुले मूलमा फुटी
पिउन्नौ किनहो पानीनजीकै उभ्भिएपनि
झुकीपर्वत–छाया झैँ तालैभरि डुबे पनि ।
अश्वत्थामा: चोपेँ रगतमाहात,
धूँहा तधुन सक्तिन
अञ्जुलीमा उवाएर प्यूँ पानी प्यून सक्तिनँ
पानी रगत भै बग्छ, हात तै पनि धूँ भने
लाग्ला रगतको तिर्खा, पानी त्यै पनि प्यूँ भने
मैले वाण चलाएर ढले वीर मनेर जो
बोले प्राणान्त वेलामा पानी पानी भनेर जो
थिएन ओठमा बोली, थियो केवलकम्पन
म बोल्छु तिनकै बोली पानीपानी भनीकन ।
यस प्रसङ्गका केही पछिल्ला पंक्तिहरूलाई राष्ट्रकविले हिन्दीमा यसरी भन्नुभएको छ ः
मैँने वाण पिलाएजो ढले मेरे समीपही
बोले प्राणान्त वेला मेँ पानी!पानी! अहे अभी !’
नहीँथीमुख मेँबोली, थातो केवलकम्पही
कहताहूँवहीबोली – पानी!पानी! अहे अभी !’
आफूले बदलालिने घातक मनो–आवेगमा गरेको विवेकहीन दुष्कृत्य प्रति अश्वत्थामा यसरी गहनभावले पश्चात्तापग्रस्त बनेका छन् ।
उपसंहार
वर्तमान जगत्मायत्रतत्र सर्वत्र फैलिरहेको युद्धजनित भयावह परिवेशलाई राष्ट्रकविले ज्यादै कलात्मक रूपमा पेश गर्नुभएको छ । करुण, वीभत्स, भयानक अद्भुतर रौद्र आदि रसको परिपाक भएको यस नाट्यकाव्यको अन्त्य भागमा कविलाई सम्बोधन गर्दै अश्वत्थामा भन्दछन् :
म युद्ध अपराधीहूँ, युद्ध भोगेर दुःखित
तिमी विशुद्ध आत्मा हे, युद्ध देखेर दुःखित
कवि! तिम्रो सरङ्गीमा सधैँ रोइरहन्छु म
यहाँ युद्ध भएसम्म सधैँ आइरहन्छु म ।
यति भनेर उनी कविमा एकाकार हुन्छन् । युद्ध जनित भयावह अवस्थालाई जीवन्त रूपमा चित्रण गरेर मानवको अन्तर्मनलाई त्यसबाट विरत गराई करुणाको भावमा आरूढ गराउनु नै यस रचनाको उद्देश्य हो भन्ने कविवाणी पाइन्छ । राष्ट्रकविको यो कृति श्रद्धापूर्वक पठनीय र हार्दिकता पूर्वक मननीय पनि अनुभूत हुन्छ ।
यस्तो अमर कृतिद्वारा नेपाली साहित्यलाई समृद्ध र रसमय अनुवादद्वारा हिन्दी साहित्यलाई समेत उपकृत तुल्याउने शतायु राष्ट्रकवि माधव घिमिरे प्रति हृदय देखि सश्रद्धा नमन तथा शुभकामना।