द्विज बत्स,
वर्षः ०२ | अङ्गः १५ | माघ २०७६
पहिलोपटक वीरगंजमा आयोजित वीरगंज प्रिमियर लिग (बीपीएल) को पहिलो संस्करणका विजेता वीरगंज स्टार्स बनेको छ। वीरगंजको नारायणी क्रिकेट मैदानमा आयोजित फइनल खेलमा सिंह ऐलेभेन लायन्सलाई ४ विकेटले पराजित गर्दै सो उपाधि जित्न सफल भएको हो।
सिंह ११ लायन्सर्ल दिएको १ सय ४० रनको लक्ष्य पछ्याउने श्रममा वीरगंज स्टार्सले १८.५ ओभरमै विजयी लक्ष्य प्रप्त गरेको थियो । सिंह ११ लायन्सले २० ओभरमा ४ विकेट गुमाउदै १ सय ४० रन बनाएको थियो।

अलराउन्डा विवेक कुमार यादवको संतुलित र आक्रमक खेलले गर्दा स्टार्स विजेता बन्नु सफल रह्यो। ३७ बल खेलेर रनआउट रहेका यादवले ७१ रन बनाएको थियो। यसैगरी सिंह ११ का तर्फबाट राहुलप्रताप सिंहले ३ विकेट, मेहबुब आलम र रोहित कुमार सिहंले १-१ विकेट लिएका थिए।

बीपीएल प्रदेश २ कै सर्वाधिक राशि भएको क्रिकेट प्रतियोगिता बनेको छ। पहिलो संस्करणमै रेकर्ड बनाउन सफल बीपीएलमा कुल ६ टोली सहभागी सहभागीता भएका थिए। प्रत्येक टोली अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीमध्ये अक्सनद्धारा खरिद गरी टोलीको निर्माण भएको थियो । वीरगंज स्टार्सले उपाधि जितेसंगै ट्रफी र २ लाख ५० हजारको रकम तथा उपविजेता सिंह ११ लायन्सले १ लाख ८० हजार रकम सहित ट्रफी जितेको हो।
