मुलुक डेस्क,

वर्ष‌‌‌‌‌‌: ०२ | अङ्कः १४ | मंसिर/पौष २०७६,

भार‌ती खर‌े‌ल प्रतिष्ठानद्वार‌ा यस वर्ष‌को‌ भार‌ती खर‌े‌ल स्मृति पुर‌स्कार‌ साहित्कार‌ एवं समाजसे‌वी सुश्री भद्रकुमार‌ी घले‌लाई‌ प्रदान गर‌े‌को‌ छ । साहित्यसाधिका तथा भक्तिमती भार‌ती खर‌े‌लको‌ ८२औ‌ँ जयन्तीका अवसर‌मा उक्त पुर‌स्कार‌ प्रदान गरि‌एको‌ हो‌ । २०४९ सालमा स्थापना भएको‌ सो‌ प्रतिष्ठानले‌ साहित्यका क्षे‌त्रमा उत्कृष्ट एवं निर‌न्तर‌ से‌वार‌त सुश्री घले‌लाई‌ विशे‌ष समार‌ो‌हकाबीच प्रज्ञा प्रतिष्ठानका पूर्व‌ कुलपति डा. द्वार‌ा भार‌ती खर‌े‌ल स्मृति पुर‌स्कार‌द्वार‌ा सम्मानीत गरि‌एको‌ हो‌ ।

पुर‌स्कृत साहित्यकार‌ घले‌को‌ जन्म वि.संं. १९८८ फागुन १९ गते‌ डिल्लीबजार‌, काठमाडौ‌ंमा भएको‌ हो‌ । उनी साहित्यिक क्षे‌त्रमा मात्र नभएर‌ समाज कल्याणका कार्य‌मा पनि निर‌न्तर‌ सक्रिय छिन् । आफ्ना सबै‌ सम्पत्ति निसहाय, गरि‌ब र‌ अनाथको‌ जीउनका लागि समर्पि‌त गर‌े‌की ८६ वर्षि‌या घले‌ अहिले‌ पनि सक्रिय छिन् । उनका ३९ कृति प्रकाशित छन् भन् ४० औ‌ं कृति तयार‌ीको‌ क्रममा छ ।

प्रतिष्ठानले‌ प्रत्ये‌क वर्ष‌ भार‌ती खर‌े‌ल स्मृति पुर‌स्कार‌द्वार‌ा विभिन्न व्यक्तित्वहरुलाई‌ सम्मानीत गदैर्‌‌ आएको‌ छ । मंसीर‌ १६ गते‌ सम्पन्न समार‌ो‌हमा उपस्थित विभिन्न साहित्यकार‌हरुले‌ साहित्य साधिका एवं भक्तिमति भार‌ती खर‌े‌लका साहित्य एवं भक्तिमयमा समर्पि‌त उनका सत्कार्य‌ सम्बन्धी विषयमा विचार‌ व्यक्त गर‌े‌का थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *