वर्षः ०२ | अङ्कः १४ | मंसिर-पौष २०७६
बनेपा २०७२/४/७ देखि आफ्नो कारोवार गरेको आरम्भ लघुवित्त वित्तीय संस्थाले पाँचौ वार्षिक सभा दीपक तिवारीको अध्यक्षतामा सम्पन्न गरेको छ । कम्पनीले १३ थुमदेखि कास्कीसम्म १५ मण्डलमा २० शाखा खोलेको छ । ७.३८ प्रतिशत वोनस बाड्ने पनि र कर प्रयोजनको लागि २,३३,०५३/– पनि छुट्याएको छ ।
आरम्भ लघुवित्तमा चौतारी लघुवित्त गाभ्ने योजना रहेको सोपछि ६३.६६ प्रतिशत, ३६.३४ प्रतिशत शेयर अनुपात क्रमशः संस्थापक सर्वसाधारणको हुनेछ । १५२७७ सदस्यलाई लघुवित्त सेवा प्रदान गरिरहेको संस्थानले १५ करोड ८४ लाख ३६ हजार वचत तथा वित्तिय संस्थाबाट ३२ करोड ४ लाख ५१ हजार ४४१ संकलन गरी बाँकी लगानीमा कर्जा रकम ५२ करोड ६८ लाख ११ हजार रहेको छ । सञ्चित नोक्सान ३८ लाख ५४ हजार ४१ रहेको समीक्षा वर्षमा १ करोड १६ लाख २५ हजार नाफा गर्न सफल भएको छ ।
आश्विनसम्म १ करोड ४६ हजार ३६ लाख ३६ हजार संकलन गरी १७३०७३ हजार पुगेको छ । चुक्ता पुँजी वोनस वाडेपछि ६४४२८ हजार पुग्नेछ । आरम्भ चौतारी माइक्रो फाइनान्सको नामबाट भविष्यमा कारोबार हुने र पवनकुमार श्रेष्ठ नै प्र.का. अधिकृत हुने कुरा विज्ञप्ति जनाइएको छ ।