वर्षः ०२ | अङ्कः १४ | मंसिर-पौष २०७६
वित्तिय संस्थामा अग्रणी नाम ओगट्न सफल युनाइटेड फाइनान्स लिमिटेडले काठमाडौंको गोठाटारमा २३औं शाखा संचालनमा ल्याएको छ । कागेश्वरी मनहरा नगरपालिका अर्थात् गोठाटारमा संचालित यस शाखाको उद्घाटन फाइनान्सका अध्यक्ष वसन्त कुमार चौधरी र नगरपालिकाका मेयर कृष्णहरी थापाले संयुक्त रुपमा गरेको विज्ञप्तिमा उल्लेख छ । संचालनको २५औं वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले भारतको मुथुत फाइनान्सलाई आफ्नोे रणनीतिक साझेदारको रुपमा भित्र्याएको छ । सिल्भर जुबली वर्ष मनाउने क्रममा भर्खर निजगढ, हेटौडा, जनकपुर, इटहरी लगायतका ठाउँमा आफ्नो शाखा विस्तार गरी सेवा पुर्याएको छ ।