वर्षः ०२ | अङ्कः १४ | मंसिर-पौष २०७६

सहकारीताको जगतमा विश्वसनीय एवं भरपर्दो नाम नेपाल सहकारी संस्था ली.ले भर्खरै आफ्नो सेवा संचालनको २४औं वार्षिकोत्सव मनाएको छ । वि.सं. २०५१ सालमा समाजका प्रतिष्ठित, अगुवा, व्यापारी र युवाको सहभागितामा स्थापित यो सहकारीको मुल उद्देश्य “सामुहिक विकासको लागि विश्वसनीय र भरपर्दो सहकारी संस्था” रहेको छ ।

‘सेवा नै हाम्रो आधार’ भन्ने मुल नाराकासाथ अगाडि बढ्दै गरेको यो संस्थाको २४औं वार्षिक साधारणसभाले नयाँ कार्यकारी अध्यक्षको रुपमा राकेश कुमार सिंहलाई चयन गरेको छ । विगत १८ वर्षदेखि यसै संस्थाको विभिन्न पदमा रहेर कार्य गर्दै आएका सिंहको आगामी योजना अन्तर्गत यही आर्थिक वर्षमा काठमाडौं उपत्यकामा २ ठाउँमा, पोखरा, वीरगंज र जनकपुरधाममा शाखा विस्तार गर्ने लक्ष्य रहेको छ । कुल संस्थापक शेयर ५१ रहेको नेपाल सहकारी संस्था ली.ले आ.व. २०७५/७६मा कुल कारोबार हिसाब १९ करोडभन्दा माथिको गरेको जानकारी प्रस्तुत गरेको थियो । नयाँ वार्षिक साधारण सभाले ७ सदस्यीय संचालक समिति गठनगरेको जनाएको छ, साथै आगामी वर्षमा यसमा लगानी बढाउने कार्ययोजना समेत रहेको सो संस्थाको विज्ञप्तिमा उल्लेख रहेको छ ।

सहकारीताको माध्यमबाट बैंकिङ सेवा प्रदान गर्ने अभिप्रायकासाथ उद्योग एवं सेवा व्यवसायमा उन्मुख उद्यमीलाई सर्वसुलभ तरिकाले आर्थिक सुविधा प्रदान गर्ने गरेको छ । साधारण बचत, विशेष बचत, कर्मचारी बचत, व्यवसायिक बचत, मुद्दती बचत, मासिक क्रमिक बचत, दैनिक क्रमिक बचत लगायतको सुविधा उपलब्ध छ साथै आवास कर्जा, शैक्षिक, कृषि, स्वरोजगार लगायतका कर्जा सेवा पनि संस्थाले प्रदान गर्दै आएको छ ।