वर्षः ०२ | अङ्कः १४ | मंसिर-पौष २०७६

नेपाल टेलिकमले अनलाइनमार्फत आवश्यकता बमोजिम कुनै पनि व्यक्ति वा संस्थाको स्थानीय टेलिफोन नम्बर पत्ता लगाउन सकिने भएको छ । हाललाई यो सुविधा १९७मा कल गरेर सोध्नुपर्ने व्यवस्था रहेको छ । व्यक्तिगत ग्राहकको हकमा नाम, ठेगाना, जिल्ला तथा संस्थागतको हकमा कम्पनीको नाम, ठेगाना, जिल्ला अनुसार टेलिफोन नम्बर पत्ता लगाउन सकिनेछ । नेपाल टेलिकमको बेवसाइटबाट यस प्रकारको पीएसटीएन सोधपुछ प्रणाली संचालनमा ल्याएको छ । जसका लागि कम्पनीको वेवसाइटमा दिएको टेलिफोन इन्क्वायरी (सोधपुछ) आफूलाई चाहिएको व्यक्ति वा संस्थाको नम्बर खोज्न सकिनेछ ।