वर्षः ०२ | अङ्कः १४ | मंसिर-पौष २०७६

नेपालका लागि जेसीबी निर्माण तथा हेभी इक्विप्मेन्टको आधिकारिक बिक्रेता मोरङ अटो वर्क अर्थ मुभर्सले ‘जेसीबीको एस्योरेन्स ग्राहकलाई कन्फिडेन्स’ योजना घोषणा गरेको छ । एमएडब्लुको नामले ख्याती प्राप्त कम्पनीको यामाहा ब्रान्ड प्रमुख रहेको छ । यस योजनाअन्तर्गत जेसीबीको पार्टस्मा ३ देखि ६ महिनासम्मको वारेन्टी तथा टायरमा १ वर्षको अवधि रहेको छ । बजारमा उपलब्ध सामान्य ग्रिजभन्दा गुणस्तरीय ग्रिज पर्पmमेन्स ग्यारेन्टी रहेको कम्पनीको विज्ञप्तीमा उल्लेख छ ।

मुलुकमा १२ शाखा, १५ आधिकारिक बिक्रि केन्द्र तथा २ सयभन्दा बढी सर्भिस इन्जिनियर जेसीबी ग्राहक सेवामा उपलब्ध रहेको छ । यसका अतिरिक्त जेसीबीका एक्साभेटर, रोलर, कम्प्याक्टर, टेलि ह्यान्डलर लगायतका उच्चकोटीका प्रोडक्ट बजारमा उपलब्ध छ ।