वर्षः ०२ | अङ्कः १४ | मंसिर-पौष २०७६

नेपालकै जेठो बैंक तथा विश्वासनीय बैंक नेपाल बैंक आफ्नो ८३औं बार्षिकोत्सवमा सस्तो र सुलभ घरकर्जा योजना ल्याएको छ । बैंकले घर निर्माण, खरिद, मर्मत संभार वा थप निर्माण गर्न लागि सहज र सस्तो व्याजदरमा कर्जा प्रवाह गरेको जानकारी नेपल बैंकका प्रवक्ता प्रकाश कुमार अधिकारीले जनाएका छन् । वार्षिकोत्सवका अवसर ८.८४ देखि ९.८४ प्रतिशत व्याजमै कर्जा उपलब्ध गराउने घोषणा गरेको हो । घर कर्जा ५ देखि २० वर्ष अवधिका लागि हुने, आवास कर्जा स्वाप गर्न सक्ने लगायत अन्य आकर्षक सुविधा समेत बैंकले मुहैया गराएको छ ।

बैंकको ग्रिन सेभिङ विशेष योजना अन्तर्गत वातावरण मैत्री स्किम पनि ल्याएको छ । जसअन्तर्गत बैंंकको कुनै पनि शाखाबाट न्यूनतम मौज्दात २५ हजारमा खाता खोल्न सकिने छ । ६.५ प्रतिशत व्याजदर, डेबिट कार्ड मार्फत अन्य बैंक एटिएमबाट समेत निःशुल्क कारोबार, इन्टरनेट सेवा, मोबाइल बैकिङ, भिसा डेबिट कार्ड आदि निःशुल्क पाउने बैंकले आफ्नो प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । यस साथै ५० लाखसम्मको दुर्घटना विमा र ५० हजार रुपैयाँसम्मको औषधि उपचार सुविधा समेत थप रहेको बैंकले जनाएको छ । आम नेपालीका लागि घर–घरमा पुग्ने लक्ष्य रहेको नेपाल बैंक ८३ वर्षदेखि अनवरत कार्य गर्दै नेपाली माझ लोकप्रिय बन्दै आएको छ । हाल ६३ जिल्लामा संचालित यस बैंकको १ सय ६७ वटा शाखा, २३ एक्स्टेन्सन् काउन्टर र १ सय २ एटिएम संचालनमा रहेका छन् ।