वर्षः ०२ | अङ्कः १४ | मंसिर-पौष २०७६

त्रिभुवन विश्वविद्यालयको ४५औं दीक्षान्त समारोहमा ७० हजार ७७ विद्यार्थी दीक्षित भएका छन् । जसमध्ये १० १० हजार १८३ जनाले मात्र फारम भरेका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । अनलाइन सुविधाका कारण गतवर्षको तुलनामा विद्यार्थी बढेपनि जम्मा १४ प्रतिशत मात्रै सहभागि भएका थिए । गत वर्ष १० प्रतिशतको मात्रै सहभागिता थियो ।

उच्च शिक्षामा छात्रभन्दा छात्राहरुको संख्या ५५.५९ प्रतिशत साथै नजिता उत्कृष्ट हुँदै गएको छ । विभिन्न संकाय र अध्ययन संस्थान अन्तर्गतका विषयमा गोल्ड मेडल प्राप्त गर्ने ६० प्रतिशत छात्रा हुन् । एमफिलमा स्वर्ण विजेता सिर्जना पहाडी भइन् । यसैगरी ०७२ सालको स्नातकोत्तर तहमा एमबिए गर्ने मीरा ज्ञवाली र ०७३ सालमाको स्नातकोत्तर तहमा संगिना महर्जनले गोल्ड मेडल उपाधि जितिन् ।

त्रिविबाट सबैभन्दा बढी व्यवस्थापन संकायमा २२ हजार ७ सय ९८, शिक्षाशास्त्र संकायमा २० हजार ६, मानविकि तथा सामाजिक शास्त्र संकायमा १३ हजार ६ सय ९५, कानुनमा १ हजार ६ सय ६६, अध्ययनतर्फ इन्जिनियरिङ अध्ययन संस्थानमा २ हजार ९ सय ७२ लगायतका विद्यार्थी दीक्षित भएका थिए ।