वर्षः ०२ | अङ्कः १४ | मंसिर-पौष २०७६

साइवर क्राइम मार्फत हजारौँ चिनियाँ ठगले  पूर्वी एशियाली देशहरु लगायत नेपालमा बसेर ठगी गरेको प्रमाण फेला परेको छ । यसै सन्दर्भमा केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)का अनुसार तीन महिना लामो तयारी पछि पौषको पहिलो सातामा काठमाडौँको मनमैजु, बाँसबारी र बुढानीलकण्ठबाट १ सय २२ जनालाई पक्राउ गरेको छ । काठमाडौँको यी ठाउँहरुमा महँगो घर/बंगला भाडा लिई उनीहरुले यस्तो खाले अपराधिक गतिविधि गर्दै आएका थिए । विच्याट सहितको माध्यमबाट संगठित रुपमा ठगी गर्दै आएका थिए साथै अनलाइन जुवा, सुन र डलर तस्करी समेतमा संलग्नताको जानकारी प्रहरीले जनाएको छ ।

हजारौँ चिनियाँ नागरिक यस्ता खाले संदिग्ध कृयाकलापमा संलग्न रहेको खुलासा चिनियाँ अधिकारीहरुले गरेका छन् । फिलिपिन्स, कम्बोडिया, मलेसिया, भियतनाम लगायत देशबाट हजरौँको संख्यामा चिनियाँ अपराधी समातिएको छ । चिनियाँ अधिकारअनुसार करिब ६ सयजना यस्ता व्यक्तिहरु नेपालमा रहेको अनुमान छ । चार्ली फोस्टर नामको अपरेशनबाट काठमाडौँका विभिन्न ठाउँका ९ वटा घर भाडा लिएर ठगी धन्दा गरेको ब्यूरोले जनाएको छ । प्रहरीले अन्य अपराधीहरु भागेको वा लुकेको हुन सक्ने आशंका जनाएको छ । प्रहरीले उनीहरुबाट ७४६ थान मोबाइल फोन, ३२७ सिमकार्ड र ३३१ ल्यापटप समेत बरामद गरेको छ ।