वर्षः ०२ | अङ्कः १४ | मंसिर/पौष २०७६
गीत र संगीत सबैलाई कर्णप्रिय लाग्छ । यसका लागि भाषा के र व्यक्ति को ? यो त संसारकै साझा र गर्वका पात्र हुन् । भारतीय पाश्र्वगायनमा छुट्टै छवि बनाएकी गायिका आशा भोषले संगीतकार रञ्जित गजमेरको संगीत संगम काठमाडौमा भएको छ । “म्युजिकल जर्नी अफ रञ्जित गजमेर विथ आशा भोषले” कार्यक्रम मार्फत काठमाडौको होटल सोल्टीमा संगीतमय गुञ्जमान भयो । ‘हेर न हेर न कान्छा’ बोलको गीतसंगै सांगीतिक माहोलको रफ्तार बढ्न थाल्यो । गजमेरकै सम्झनामा यो गीत कोलकत्ता पुगेर रकेर्ड गरेको किस्सा समेत सुनाए । चिसो चिसो हावाले, सुन भन न, पहाडको माथि माथि जस्ता गीतको ध्वनी हलभरी आनन्द र उत्सवको माहोल सिर्जना गर्न मद्दत पुर्यायो ।
साधना कला केन्द्रले आयोजना गरेको यो कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले संगीतकार गजमेर र गायिका आशालाई सम्मान गरेको थिए । ८६ वर्षीया गायिका आशा नेपालीदर्शकको अपार माया स्नेह र सम्मानबाट आफू भावविभोर र भावुक भएको बताइन् । गजमेरको धुनमा आशाले कर्णप्रिय स्वर भदैर् आफूले गाएको नेपाली गीतहरु गुनगुनाइन् । ढुकढुकी मुटुको, झझल्को लिएर आएछ सावन फेरी आँखामा, डाडा खोला बगर, मोहनीलाग्ला है गाउँलेको बोलीले आदि गीतमा सुमधुर स्वरले नेपाली माझ साँच्चिकैको मोहनी लगाउन सफल भइन् गायिका आशा भोस्ले ।