वर्षः ०२ | अङ्कः १४ | मंसिर/पौष २०७६

समाजवादी पार्टी‌‌ डे‌‌ढ वर्ष‌‌मै‌‌ सर‌‌कार‌‌बाटै‌‌ बाहिरि‌‌एको‌‌ छ । उपप्रधानमन्त्री तथा कानूनमन्त्री एवं समाजवादी पार्टी‌‌का के‌‌न्द्रीय समिति अध्यक्ष उपे‌‌न्द्र यादव र‌‌ सहरी विकास मन्त्री मो‌‌हम्मद इस्तियाक राईले‌‌ सर‌‌कार‌‌बाट राजीनामा दिएका हुन् ।

संविधान संशो‌‌धनको‌‌ एजे‌‌ण्डा सहित सत्ता गठबन्धनमा १४ जे‌‌ष्ठ २०७५मा तत्कालिन ने‌‌कपा (एमाले‌‌) र‌‌ ने‌‌कपा (माओ‌‌वादी के‌‌न्द्र)संग दुई‌‌ बूँदे‌‌ सहमति गदै‌र्‌‌‌ तत्कालिन संघीय समाजवादि फो‌‌र‌‌म सर‌‌कार‌‌मा सहभागि भएको‌‌ थियो‌‌ । संविधान संशो‌‌धन प्रस्ताव मन्त्रिपरि‌‌षद्मा पे‌‌श गने‌र्‌‌‌ प्रयास सफल नभएपछि सर‌‌कार‌‌बाट समाजवादी पार्टी‌‌ अलग्गिएको‌‌ हो‌‌ । सर‌‌कार‌‌बाट समर्थ‌‌न फिर्ता‌‌ लिएसँगै‌‌ दुई‌‌ तिहाइको‌‌ सर‌‌कार‌‌ पनि र‌‌हे‌‌न तर‌‌ बहुमत भने‌‌ सर‌‌कार‌‌सँगै‌‌ छ ।

तत्कालिन संघीय समाजवादी फो‌‌र‌‌म र‌‌ नयाँ शक्तिबीच २३ वै‌‌शाख २०७६मा पार्टी‌‌ एकता भए पश्चात संविधान संशो‌‌धन नभए सर‌‌कार‌‌ छाड्ने‌‌ चको‌र्‌‌‌ दवाव पार्टी‌‌ भित्रबाटै‌‌ निर‌‌न्तर‌‌ यादवमाथि र‌‌हँदै‌‌ आएको‌‌ थियो‌‌ । उपप्रधानमन्त्रीले‌‌ वार‌‌म्वार‌‌ संविधान संशो‌‌धनको‌‌ आग्रह प्रधानमन्त्री समक्ष राख्नु यादव विदे‌‌शमा र‌‌हँदा प्रधानमन्त्रीले‌‌ उनको‌‌ मन्त्रालय हे‌‌र‌‌फेर‌‌ गर्नु‌‌, स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई‌‌ मन्त्रीबाट हटाइनु र‌ मन्त्रिपरि‌‌षद्मा यादवको‌‌ संशो‌‌धन प्रस्ताव ठाडै‌‌ अस्वीकार‌‌ गर्ना‌‌ले‌‌ राजीनामा र‌‌ समर्थ‌‌न फिर्ता‌‌ लिएको‌‌ समाजवादीले‌‌ जनाएको‌‌ छ ।