वर्षः ०२ | अङ्क: १४ | मंसिर-पौष २०७६

मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल अनुष्का श्रेष्ठले ‘ब्युटी विथ अ पर्पोज’ र ‘मल्टिमिडिया अवार्ड’ जित्दै नेपाललाई फेरी एक पटक विश्वसामु चिनाउन सफल भएकी छिन् । लण्डनमा सम्पन्न मिस वर्ल्डको ६९औं संस्करणमा सेमिफाइनल अर्थात टप १२मा आफ्नो उपस्थिति दर्ज गराउन सफल रहिन् । लगातार दुई वर्षदेखि मिस वल्र्डको टप १२ मा नेपाली सुन्दरीले आफ्नो स्थान सुरक्षित गर्दै निकट भविष्यमा नेपाल पनि बिलयो दाबेदार रहेको संकेत दिइसकेको छ । मिस वर्ल्डको ताजपछि प्रमुख मानिने यी दुवै अवार्ड लगातारको दुई संस्करणमा नेपाली सुन्दरीले जित्न पक्कै सौन्दर्यको संसारमा तहल्का मच्चाउनु हो । पछिल्लो संस्करणमा मिस नेपाल श्रृंखला खतिवडाले दुवै उपाधि जितेकी थिईन् । ५ फिट ५ इन्च अग्ली सुन्दरी अनुष्काको यो उपलब्धिसँगै भिजिट नेपाल २०२० को सन्देश पनि संसार सामु फैलिन मद्दत पुगेको छ ।