वर्षः ०२ | अङ्क: १४ | मंसिर-पौष २०७६
वर्ष २०१९को मिस युनिभर्सको ताज दक्षिण अफ्रिकी सुन्दरी जोजिबिनी तुन्जीले जितेकी छिन् । अमेरिकाको एटलान्टामा सम्पन्न प्रतियोगितामा विश्वभरका ९० देशका सुन्दरी सहभागि थिए । २६ वर्षिया तुन्जीले महिला सशक्तीकरणमा नेतृत्वदायी भूमिकाको अहम् महत्व रहेको बताइन् । आफ्नो जितलाई सोन्दर्यताको नयाँ परिभाषाले परिभाषित गर्न सफल उनका अनुसार कथित मानक र मानसिकतामा समेत परिवर्तन आएको छ । कालो छाला र छोटो घुम्रिएको कपाल भएकी महिला पनि ब्राण्ड सुन्दरी बन्न सक्छिन् भन्ने सन्देश दिन सफल तुन्जीलाई गत वर्षकी विजेती फिलिपिन्सकी क्याट्रिओना ग्रेले ताज लगाइदिएकी थिइन् । प्रतियोगितामा फस्ट रनअप पुर्तोरिकाकी मडिसन् तथा सेकेण्ड रनरअप मेक्सिकोकी सोफिया अरागोन भइन् ।