वर्षः ०२ | अङ्क: १४ | मंसिर-पौष २०७६
इंग्ल्याण्डको राजधानी लण्डनमा सम्पन्न मिस वर्ल्ड २०१९को उपाधि जमैकाकी टोनी एन सिंहले जित्न सफल भइन् । डिसेम्बर १४ मा सम्पन्न उक्त प्रतियोगितामा १ सय ११ देशका सुन्दरी सहभागी थिए । प्रतियोगितामा फ्रान्सका ओफेली मेजिनो फस्ट रनरअप र भारतकी सुमन राव सेकेण्ड रनरअपको उपाधि जिते । विश्व सुन्दरी प्रतियोगिताको ६९औं संस्करणसम्म आइपुग्दा जमैकाबाट चारजनाले मिस वर्ल्डको उपाधि आफ्नो देशको नाममा पार्न सफल भएकी छिन् । सन् १९६३, १९७६, १९९३ र २०१९मा यो उपाधि जमैकाको नाममा रहेको छ ।
फ्लोरिडा स्टेट युनिवर्सिटीबाट मनोविज्ञान एवं महिला विषयमा ग्रयाजुएट २३ वर्षीया सिंह ५ फिट ५ इन्च अग्ली छिन् । “महिलाको सम्भावना र सार्थकता सबैका लागि सत्य एवं संभाव्य बोकेको सपना हुन्, जुन मुल्यवान र प्राप्त योग्य हुन्छ” भन्ने अभिप्रायका साथ अगाडि बढ्ने लक्ष्य बोकेकी सुन्दरी सिंह एक सफल मोडल हुन् सौन्दर्यलाई केबल शरिर र रंगले होइन विचार एवं कार्यले पुष्टि गर्न सफल सिंहको वडी स्टाटस ३३–२६–३४ रहेको छ ।