वर्षः ०२  | अङ्कः १० | असार २०७६

महिन्द्राको नाम कसैले लिन्छ भने त्यो गाडि बलियो र नेपालको बाटोमा टिकाउ हुन्छ भन्ने कुराको समेत हेक्का हुने गर्दछ । महिन्द्राको आधिकारीक विक्रेता अग्नि इन्कर्पोरेटले नेपालको बजारमा भित्र्याएको टियूभी ३०० नेपाली माटो सुहाउने रहेको अग्निले बताएको छ ।

५ प्लस २को यात्रु क्षमता रहेको यसमा १४९९ सीसीको डिजेल इन्जिन जडित रहेको छ । काठमाडौँको सडकमा समेत १२ देखि १३ किलोमिटर माइलेज दिने यसको माइलेज भने १८.४९ किलोमिटर रहेको कम्पनीको दावी रहेको छ । १८४ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स रहेकाले यो नेपाली बाटो सुहाउँदो रहेको छ । ६० लिटर इन्धन क्षमताको टियूभी ३०० ले टफ, बोल्ड तथा स्टाइलिस गाडीको पहिचान बनाएको कम्पनीको दावी रहेको छ । हाल नेपाली बजारमा टियूभी ३०० टी टोन, टी सिक्स प्लस र टी एट गरी ३ भेरियन्टमा उपलब्ध रहेको छ । नेपाली बजारमा यसको मूल्य ३९ लाख ९५ हजारदेखि ४५ लाखसम्म रहेको छ ।