वर्षः०२ | अङ्कः१० | असार २०७६

विश्वकै सर्वाधिक लोकप्रिय खेल मध्ये एक क्रिकेटको चालु १२औं विश्वकप संस्करणलाई ध्यानमा राख्दै सुबिसुले विश्वकप अफर ल्याएको छ । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसुले विश्वकप क्रिकेटको अवसर पारेर क्लियर टिभी तथा इन्टरनेट सेवामा नयाँ अफर प्रदान गरेको छ ।

नेपाली दर्शकमाझ अब मात्र २५८ रुपैँयामा प्रतिमहिना २४५ डिजिटल च्यानलहरुका साथमा ५० आकर्षक एचडी च्यानलहरु हेर्न पाउने अवसर दिएको छ । साथै, इन्टरनेट सेवामा पनि यस्तै योजना सार्वजनिक गरेको छ । सस्तो र आकर्षक मूल्यमा ग्राहकहरुसमक्ष प्रस्तुत सुबिसु कम्पनी आफ्नो गुणस्तरीयता र कम मूल्यमा सर्वसुलभ सेवा दिनका लागि नेपालीमाझ लोकप्रिय ब्राण्ड बनेको छ ।