वर्षः ०२  | अङ्कः १० | असार २०७६

चार पांग्रे सवारी साधन मध्ये उत्कृष्ट मानिएको सुजुकी कम्पनीले हालै नेपाली बजारमा नयाँ गाडी भित्राएको छ । ७ सय ४० किलोसम्मको भारवहन क्षमता, ७ सय ९३ सिसिको दुई सिलिण्डरयुक्त डिजेल इन्जिन, १ सय ६० एम एमको ग्राउन्ड क्लियरेन्स, २१ सय १० एमएमको ह्वीलबेस भएको ‘सुजुकी सुपर क्यारी’मा सीजी अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्कस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले विशेष अफर प्रस्तुत गरेको छ । कम्पनीले २ वर्ष या ३० हजार किलोमिटर (जुन अगाडि हुन्छ त्यो)को वारेन्टी समेत प्रदान गरेको छ । कम्पनीद्वारा नयाँ सुजुकी सुपर क्यारीको खरिदमा १ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध गराएको छ जस अन्तर्गत इन्जिन आयल, आयल फिल्टर, एअर फिल्टर र स्क्रिन वास पर्दछ ।

बजारमा नयाँ सुपर क्यारीको मूल्य रु.११ लाख ९९ हजार रहेको छ । कम्पनीअनुसार यस गाडीको मुख्य उद्देश्य भनेको बढी आम्दानी तथा फाइदाका लागि हो । यो अफरले आम्दानीमा वृद्धि र लाभ लिन सकिन्छ । लाइट स्ट्रिमिङ्क ह्वील, मोबाइल चार्जिङ्ग सकेट, डुयअल असिस्ट ग्रिप, मल्टिपर्पोज स्टोरेज स्पेस, बोटल होल्डर आदिजस्ता सुविधाहरु यसमा रहेका छन् ।