वर्षः ०१ | अङ्कः ०८ | बैशाख २०७६
एकीकरणको १७ महिनामै विभाजित भएर पुनः विवेकशील नेपालीमार्फत नै राष्ट्र र जनताको बीचमा आफ्नो उपस्थिति र स्थायित्व खोज्दै दल दर्ताको क्रममा रहेको छ – विवेकशील नेपाली दल ।
समाजको आर्थिक उत्थान, लुटतन्त्रबाट मुक्ति र एकात्मक सत्तावादको विकल्पमा विवेकशील नेपालीको उदय, यात्रा एवं कार्ययोजनाको समबन्धमा उज्वल थापासँग संजीव सिंह र आर.डी.श्रेष्ठले गरेको संवादको सारसंक्षेप :
पार्टी विभाजनपछिको यात्रा कस्तो रहने छ ?
विभाजन हुनु दुःखद हो तर एकतर्फी निर्णय र सोचले पार्टी चलाउन र चल्न पनि कठिन हुन्छ । त्यसैले हामी आफ्नो सिद्धान्त अनुरुप अलग्गिएका हौँ, कार्य अनुरुप छुट्टिएका हौँ ।
समृद्ध नेपालको सपना अन्तर्गत के–के पर्दछ र यसको गुरु योजना के छ ?
सर्वप्रथम त हामी उद्यमी बन्नुपर्दछ । हाम्रो पूँजी, स्रोत र साधन नेपालमै रहनु पर्दछ । भ्रष्टाचार न्यून हुनु पर्दछ, आउँदो पुस्तामा चेतनाको स्तर बढ्दै छ, नागरिकलाई विवेकशील यात्रामा अग्रसर गर्दैछौँ । समाजमा उद्यमशीलताको महत्वलाई प्रकाश पार्दै आपूmमा निर्भर भई राजनीतिमा लाग्ने सुझाव दिदै छौँ ।
नेपाल गुरु भूमि हो, तसर्थ गुरुको जस्तो व्यवहार हुनु पर्दछ । किनभने विश्वको दुई महा शक्तिशाली राष्ट्र चीन र भारतको मध्यमार्गी हो – नेपाल । तसर्थ हाम्रो आचरण र व्यवहार उत्कृष्ट नै हुनुपर्दछ । आपूmलाई प्रस्तुत गर्ने शैली सरल, सद्भावयुक्त र परिष्कृत हुनु पर्दछ । हामी आफ्नो परनिर्भरतामा कमी ल्याउनु पर्दछ । समय सापेक्ष नेता र दलले आफ्नो संस्कार परिवर्तन गर्न सक्नुपर्दछ ।
सुचना प्रविधि क्षेत्रका उद्यमी किन राजनीतिमा आउनु पर्यो ?
देशको अवस्था र जनताको जनचाहना अनुसार समाजलाई परिवर्तन गर्न सक्नु पर्दछ । पुरानो संरचनालाई नयाँ आधारशीला प्रदान गर्न । उद्यमी आपूm सक्षम भएकोले राजनीतिलाई पनि सक्षमतासाथ डो¥याउन सक्छ । आजको जमाना सूचना र प्रविधिको हो, यस मार्फत राष्ट्र र समाजलाई बदल्ने अवसर छ ।
“नेपाल बन्द” होइन खुल्ला रहनुपर्छ भन्ने सन्देशले के परिवर्तन ल्यायो त ?
शान्तिपूर्ण आफ्नो अभिव्यक्ति प्रस्तुत गर्न पाउनुपर्दछ । तर नेपाल बन्द गरेर होइन, खुल्ला हुनुपर्दछ । यसै अभियान अन्तर्गत आज देशमा विप्लव बाहेकको बन्द सायदै हुने गर्दछ । नयाँ पिढिँमा चेतनाको स्तर बढ्दै छ, परिवर्तनको अर्थ बुझ्दै छ । बिस्तारै अनेकौँ दलले र जनताले पनि यसको अभियानमा साथ दिँदै आएको छ । पहिला हप्तै पिच्छे बन्द हुन्थ्यो भने अब महिना वा वर्षमा हुने गर्दछ ।
दल दर्ता अहिलेसम्म किन नभएको ?
अचम्मको व्यवहार छ हाम्रो देशमा । भर्खरै विविसीमा आएको खुलासा अनुसार ३३ प्रतिशत महिला सहभागिता नभइकन नेकपा दल दर्ता हुन्छ तर ४३ प्रतिशत हाम्रो महिला सहभागिता भइकन पनि दल दर्ता हुँदैन । कारण देखाउभन्दा प्रष्ट जवाफ आउँदैन । राष्ट्रपति कार्यलयलाई प्रहरी प्रतिष्ठान भएको ठाउँमा सार्ने भनेर हामी सूचनाको हक माग्यौ तर त्यो पनि दिइएन । विडम्बना नै मान्नुपर्ला, सरकारको सोच र शैली कता जाँदै छ ।
विवेकशीलले जनता र नेतृत्वलाई कसरी परिवर्तन ग्र्नेछ ?
परिवर्तनका लागि हामी एक हौँ भन्ने मुल नाराका साथ समय सापेक्ष नेतृत्व बनाउन लागि परेका छौँ । लुटतन्त्र होइन लोकतन्त्रको आभाष र अनुभूति पाउनुपर्दछ । अनेकौँ आन्दोलन हुँदै जुन परिवर्तनहरु आएको छ, त्यसलाई संस्थागत गर्न सोच बदल्न आवश्यक छ । विगतका नेता र नेतृत्वले जे प्राप्तीकालागि संघर्ष गरे, प्राप्त भयो । तत्पश्चात मानसिकता, शैली र रवैया भने बदलेनन् । एक राजा फालेर अनेकौँ राजाको उदय भयो । तर बिस्तारै नयाँ पुस्ताले संस्कार बदल्दै छ, परिवर्तन स्विकार्दै छ । अब लगभग सत्ता परिवर्तन र संघर्षका आन्दोलनहरु रित्तिए । त्यसैले अबको संघर्ष र बाटो विकासको हो । विकासका लागि हामी हातेमालो गर्नुपर्दछ । चेतनाको जनस्तर बढ्दैछ । स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्दै जानुपर्छ । दक्षलाई नीति नियम स्तरमा ठाउँ दिनु पर्दछ । छिमेकीसँगको रणनीति दुश्मनीको नभई दोस्ती र सल्लाह सुझाव दिने हैसियतमा हुनु पर्दछ ।
अहिलेको सत्ताशीन सरकार र राजनैतिक दलहरुभन्दा विवेकशील नेपालीलाई विश्वास गर्ने आधार के हुन् ?
वर्तमान सरकार र राजनैतिक दलहरुको आफ्नै इतिहास छ । अनेकौँ परिवर्तनका सारथी बनेको छ । लिगेसी बोकेको दलहरुले सत्ता र व्यक्तिको अनुहार फेर्न सफल भए तर प्रवृत्ति र मानसिकतामा परिवर्तन ल्याउन सकेनन् । एक किसिमको संस्कारले घर गरेको अवस्थामा त्यसलाई फेर्न समय लाग्छ ।
यिनै सन्दर्भमा रहेर हाम्रो अभियान सामाजिक उत्थान, आर्थिक विकास र स्वावलम्बी बन्ने रहेको छ । समावेशी र लोकतन्त्रको आवाज सारा नेपालीमाझ पुग्नुपर्दछ । लुट गरेर कमाएका सम्पत्तीहरुको छानबिन हुनुपर्दछ । सचेतता अभियान चलाइनु पर्दछ । जनतालाई सत्तासँग र सत्तालाई जनताको घर दैलोमा पुर्याउन सक्नु पर्दछ ।
३३ प्रतिशत युवा विदेशीएको अवस्था छ । यो ठूलो जमात हो । चुनावमा भोट दिने कुनै पनि जाति, समुदाय र क्षेत्रगत आधारमा जीतको नतिजा पक्का पक्कीगर्ने यो नै प्रमुख आधार हो । तसर्थ ति सम्पूर्ण युवाहरूलाई मतदानगर्ने अधिकार उपलब्ध गराईनु पर्दछ । उनीहरूको सहभागिताको लागि सरकारले र राज्यले ठोस नीति र प्रविधिको निर्माण गर्नुपर्नेमा विविकशील नेपाली दल कटिबद्ध छ ।