वर्षः ०१  | अङ्कः ०८  | बैशाख २०७६

सन्धि सम्झौताको खोजी लगायत छुवाछुत, बोक्सी प्रथालाई प्राथमिकतामा राखेका छौँ मधेशी आयोग गठन भइसकेको छ । आयोगको अध्यक्षका रुपमा जनकपुरधामका विजय दत्तले सपथ लिनु भएको छ । यो आयोग कुन रुपमा अगाडि बढने छ ? र आयोगको कामकाज सम्बन्धमा दत्तसँग मुलुक टाइम्सका लागि सुजीतकुमार झाले गरेको कुराकानीको संक्षिप्त अंश ।

मधेशी आयोगको अध्यक्षको रुपमा अबका योजना के रहेको छ ?

नेपालको संविधान बमोजिम मधेशी आयोग अक्षरशः अगाडी बढ्ने छ । सन्धी सम्झौताहरु अहिलेसम्म के कति भएका छन् त्यसको अवस्था के रहेको छ, त्यसको खोजी गरी नेपाल सरकारलाई चाँडै सुझाव बुझाउने छु । पहिलो पटक आयोग बनेकोले नियम, निर्देशिका बनाउने लगायतका कार्यहरु अगाडी बढाएको छु । कानून व्यवसायीहरुसंग सरसल्लाह लिने कार्यहरु भईरहेको छ । मधेशी आयोगमा उजुरीका लागि मोबाइल एप निर्माण गरी त्यसको माध्यमले उजुरी संकलन कार्य पनि चाँडै शुरु गरिने छ ।

आयोगमा चार पाँच जना कर्मचारी मात्रै रहेको छ, कसरी गति लिन सक्छ ?

अहिलेको अवस्था देखेर मात्रै मूल्यांकन नगराँै आयोगका लागि ३२ कर्मचारीको दरबन्दी रहेको छ । कर्मचारीहरुको समायोजनको कार्य भईरहेको छ, आयोगले चाँडै कर्मचारी भर्ना गर्ने छ । शपथ ग्रहण लगत्तै संघिय मन्त्रालयमा गई कर्मचारी समबन्धमा हामीले कुरो ग¥यौँ । मन्त्री र सचिवले चैत महिना भित्रै नभए बैशाखको पहिलो सातामै कर्मचारी समस्या समाधान हुने आश्वासन दिनु भएको छ ।

चैत महिनामा आयोगमा आउनु भयो न कर्मचारी छ न कुनै ऐन नियम नै बनेको छ, यो आर्थिक वर्षमा कतिको काम हुन्छ ?

जे जति काम हुन सक्छ त्यसमा म पछि हटदिन । अहिले पनि बिहानैदेखि रातिसम्म म आफै आयोगमा बसेर काम गरेँ । प्रभावकारी रुपले गृहकार्य गरिरहेको छु । जुन काम गर्छु भारो टार्ने हिसाबले हुँदैन ।

मधेशमा नेकपालाई मधेश बिरोधी पार्टीको रुपमा लिईन्छ तपाईको पृष्ठभूमि पनि त्यही हो, तपाईँको कामकाजमाथि शंकाको दृष्टि छैन् ?

त्यस्तो नहोला सबैसंग आग्रह गर्न चाहन्छु । यो संवैधानिक पद हो । संविधानकै हिसाबले अगाडी बढ्छ यसमा पार्टीको राजनीति हुँदैन । म आफै यो पदमा बसेसम्म कुनै राजनीति गर्दिन । मैले शपथ लिएको एक महिनामै धेरै कुरो थाहा लाग्छ ।

आयोगले मधेशी उत्थानमा कस्तो सहयोग पुर्याउँछ ?

सूर्र्याेदय पछि त्यसको शक्ति र उर्जा सम्पूर्ण मानवजाति, जगत, चराचुरुंगी सबैलाई प्राप्त हुने गर्छ । मधेशीलाई कसरी अगाडी बढाउन सकिन्छ त्यसको माध्यमले सम्पूर्ण नेपालको विकासमा आयोगले कार्य गर्नेछ । अहिले प्रदेश सरकार वा स्थानीय सरकारको कामकाज कुन रुपमा बढिरहेको छ त्यो काम कुन ठाउँमा भएन, किन भएन यतिसम्म कि संघिय सरकारको पनि मधेश क्षेत्रमा काम कसरी वढीरहेको छ त्यसको अनुगमन समेत यो आयोगले गर्नेछ र आयोग आफ्नो प्रतिवेदन संघिय सरकारलाई बुझाउने छ । रोकिएको विकासका लागि पहल गर्ने छु ।

मधेश क्षेत्रमा रहेका समाजिक विक्रितीलाई हटाउन यसको भूमिका कस्तो रहने छ ?

यो हाम्रो प्राथमिकताकै विषय हो । छुवाछुत, बोक्सी प्रथा लगायत मधेश क्षेत्रमा रहेका विक्रितीलाई समाप्त पार्न जनचेतना कार्यपनि गर्ने छन । यसका साथै दोषीलाई कसरी कानुनी दायरामा ल्याउन सकिन्छ यसका लागि सिफरिस पनि हामीले गर्ने छु ।

भाषाको सबालपनि मधेश आयोगले देखिने कुरो सुनिएको छ ?

साँच्चिकै हो । भाषा, लिपि र संस्कृतिको संरक्षण र सम्बद्र्धनमा हामीले कार्य गर्ने छु । मधेशमा लोप हुन लागेको भाषा छ, त्यसलाई बचाउने प्रयास गर्ने छु, जुन राम्रो अवस्थामा छ त्यसलाई सम्बद्र्धन गरी अघि बढाउने छु । सांस्कृतिक रुपले बाहिरी आक्रमणलाई रोक्न योजनाहरु ल्याइने छ ।

केही मधेशवादीहरु हिन्दी भाषाको स्थापित गराउने अभियानमा लागेका छन त्यसलाई के गर्नु हुन्छ ?

यो हाम्रो अधिकार बाहिरको कुरो हो ।  यो राज्यसंगको विषय हो । प्रोपर भाषालाई देख्न भाषा आयोग बनेकै छ, सो अन्तर्गत धेरै कुरो आउँछ । हामी आफनो भाषा, कला संस्कृति र लिपिलाई बढाउने कार्य गर्ने छु ।

तपाई एकातिर मधेशी आयोगको अध्यक्ष हुनुहुन्छ, कार्यालयमा दौरासुरुवाल लगाएर आउनुहुन्छ समाजिक सञ्जालमा मधेशी जस्तो आयोगको अध्यक्षको पोशाक भएन भन्ने टिकाटिप्पणीहरु आउने गरेको छ ?

मैलेपनि देखेको छु । तर सपथ ग्रहणका दिन मधेश क्षेत्रकै केही व्यक्तिसंग पोशाकको सम्बन्धमा सल्लाह लिएको थिए । कपिलवस्तु तिरकाले कुर्तापाइजामामा सपथ लिन सल्लाह दिएका थिए भने जनकपुर राजविराज तिरकाले धोतीकुर्ता, पाग दोपट्टामा भनिरहेको थिए । यस्तोमा मैले सोचे मधेशी आयोग सम्बैधानिक निकाय हो, राष्ट्रिय पोशाकको जुन रुप बनेको छ,  त्यसैमा लिउ  फेरी मात्रै पोशाकले सबै थोक हुँदैन पोशाकबाट असन्तुष्ट भएकाहरुलाई काम गरेर सन्तुष्ट पार्ने म काम गर्ने छु । पहिचानको कुरो उहाँहरुले उठाउनु भएको छ ।

मानव अधिकारकर्मीका रुपमा चर्चित व्यक्ति मधेशी आयोगमा कतिको अवसर र लाभ छ ?

पक्कै पनि सहज र सरल हुन्छ । अधिकारविहिनलाई अधिकार दिलाउनु सबैको प्राथमिकतामा रहनुपर्छ । नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापकपनि हुनुहुन्थ्यो आयोगमा आएपछि शिक्षण पेश छुटेको लाग्दैन ? नलाग्ने कुरो आउँदैन तर आयोगमा आउनुपूर्व शिक्षण पेशाबाट राजिनामा गरेको छु । सिख्ने र सिकाइने काम चलिरहन्छ । त्योबाट जीवनमा कसैले दूरी वनाउन सकिदैन । हामीमथि राज्यले ठूलो जिम्मेवारी दिएको छ । त्यो जिम्मेवारी इमानदारीपूर्व निर्वाहका लागि दिनरात एक गर्ने छु ।