मुलुक डेस्क,

वर्षः ०१ | अङ्कः ०८ | बैशाख २०७६

वैदेशिक रोजगारीमै निर्भर पर्न थालेको नेपाल र नेपाली युवाको लागि अब अर्को नयाँ गन्तव्य जापान बनेको छ । जापान सरकारले अप्रिल १ देखि दक्षिण एशियाका ९ देशबाट श्रमिक लैजाने घोषणा गरे लगत्तै नेपालमा रोजगारीको अर्को लहर चलेको छ । नेपाल र जापान सरकारबीच श्रमिक आपूर्तिक समझदारी अन्तर्गत चैत्र ११ गते एमओसीमा हस्ताक्षर भएको छ। सम्झौता र समझदारीअनुसार जापान जाने नेपाली श्रमिकले जापानी नागरिक सरह सुबिधा पाउने छन् ।

विभिन्न १४ क्षेत्रमा नेपाल सहित ९ देशबाट श्रमिक लैजाने व्यवस्था गरेको जापानले पहिलो ५ वर्षमा ३ लाख ४५ हजार १५० श्रमिक भित्र्याउने योजना बनाएको छ । तर नेपालको भागमा कति कोटा पर्ने भन्ने अहिलेसम्म किटान गरेको छैन । सम्झौताअनुसार नेपाली श्रमिकले जापानमा त्यहाँका नागरिक सरह सेवा सुविधा पाउने सुनिश्चित गरेको छ । यसैगरी दक्ष श्रमिक अन्तर्गत पहिलो वर्गकाले भिसा अवधि थप लगायत परिवारका सदस्यलाई पनि जापान लैजाने सुविधा प्राप्त छ । त्यसैगरी दोस्रो समूहमा जाने श्रमिक बढीमा ५ वर्ष बस्न सक्छन् ।

जापान जान चाहने नेपाली श्रमिकले जापानिज भाषा र सीप परीक्षा अनिवार्य रुपमा पास गर्नुपर्नेछ । सम्झौतामा जापानका तर्पmबाट राजदूत मासामिचि साइगो तथा नेपालका लागि श्रम मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरेले हस्ताक्षर गरेका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले थप नयाँ रोजगारीको अवसर सिर्जना गरेको छ । राजदूत साइगोका अनुसार भाषा र सीप परीक्षण जापान सरकारले नै लिने छ र भाषाका लागि आधारभूत चार तहको भाषा अनिवार्य रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *