मुलुक डेस्क,

वर्षः ०१ | अङ्कः ०८ | बैशाख २०७६

हिमाल, पहाड, तराईमा बस्ने सबै नेपाली एक हौं भन्ने सन्देश दिन जनकपुरधामका एक युवक ७ दिने साइकल यात्रामा निस्केका छन् । वडानम्बर ४ बस्ने रञ्जितकुमार साह चैत्र २२ गतेबाट जनकपुर हुँदै ताप्लेजुङको पाथिभरासम्मका लागि साइकल यात्रामा निस्केका हुन् । देशमा सुख, शान्ति र समृद्धि एवं हिमाल, पहाड र तराईमा बस्ने सबै नेपाली एक हौ भन्ने सन्देश दिन यात्राको सुरुवात गरेको रञ्जितले बताए । उनले केही महिना अगाडि भारत उत्तर प्रदेश अयोध्याको यात्रा पनि साइकलबाटै गरेका थिए ।

जनकपुरधामको जानकी मन्दिरमा आयोजित एक कार्यक्रमको बीच प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले साइकल यात्री साहलाई पाथिभराका लागि विदाई गरे । रंजितले जनकपुरधामदेखि ताप्लेजुङको पाथिभरासम्मको ४३२ किलोमिटरको यात्रा विभिन्न ठाउँमा वास बस्दै पूरा गर्नेछन् ।

उनले यात्रा गर्ने साइकलमा नेपालको झण्डा सँगै झुन्डाएर लग्नेछन् । जनकपुरधामको बसपार्कमा पान पसल चलाउँदै आएका रञ्जित किशोरावस्थादेखि नै साइकलिङको सौख राख्दै आएको बताउँछन् । वर्षको ११ महिना पसल चलाएर उनी कम्तीमा एक महिना साईकल चलाएर कुनै नयाँ स्थान घुम्न जाने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *