शरद रेग्मी,

वर्षः ०१ | अङ्कः ०६ | माघ २०७५

प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले विद्यार्थीहरूलाई पढाएर ‘विद्यालयमा एक दिन, ‘कक्षा कोठामा एक दिन’ कार्यक्रमको शुरुवात गरेका छन् । प्रदेश नं. ५ मै पहिलो पटक तुलसीपुर उपमहानगरपालिकाले शुरु गरेको उक्त अभियान अन्तर्गत सोमबार तुलसीपुर ७ को माबि कालाखोलाका विद्यार्थीहरूलाई पढाएर उक्त अभियानको उद्घाटन गरेका हुन् । उनले कक्षा १० का ‘विद्यार्थीलाई पढाएर उक्त अभियानको शुरुवात गरेका हुन् । प्रदेश सरकारले स्थानीय सरकारस“ग समन्वय गरेर विद्यालय र समुदायको सम्बन्धलाई थप समधुर बनाउन बनाएको योजना अनुसार प्रदेश नं. ५ मै पहिलो पटक तुलसीपुर उपमहानगरपालिकाबाट उक्त कार्यक्रमको शुरुवात भएको छ । अब विद्यालयमा सबै अभिभावक वर्षमा एक दिन विद्यालय आउने कार्यक्रमको शुरुवात भएको मुख्यमन्त्री शंकर पोख्रेलले बताए । यसले शैक्षिक गुणस्तर बृद्धि गर्नसमेत मद्दत पुर्याउने उनको भनाइ छ । अभिभावकले सामुदायिक विद्यालयमा आएर लगानी गरेमा सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन सकिने उनको भनाइ छ ।

सामुदायले नै निर्माण गरेका सामुदायिक विद्यालयहरूमा अभिभावकको लगाव घट्दै गइरहेको भन्दै त्यसलाई जोड्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मुख्यमन्त्री पोखरेलको भनाइ छ । तुलसीपुर उपमहानगरपालिकाबाट शुरु भएको भन्दै यो अभियान प्रदेशका सबै सामुदायिक विद्यालयमा पु्र्याइने मुख्यमन्त्री पोख्रेलले बताउनुभयो । सामुदायिक विद्यालयको अवस्था सुधार गर्न अभिभावक, शिक्षक र विद्यार्थीको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने भन्दै यसमा ध्यान दिनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा तुलसीपुर उप–महानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले शिक्षाको गुणस्तरीय बृद्धि गर्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै उनले यो कार्यक्रमलाई प्रभावकारी ढंगबाट अघि बढाउने बताए । त्यस अवसरमा तुलसीपुर उप महानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले कक्षा १० मा  र प्रदेशसभा सदस्य उत्तर कुमार वलीले कक्षा ८ मा पढाएर उक्त कार्यक्रमको उद्घाटन गरिएको छ । उनीहरूले करिब ९० मिनेट बिद्यार्थीलाई पढाएका थिए ।