मुलुक डेस्क,

वर्षः ०१ | अङ्कः ०६ | माघ २०७५,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । खडकामाथि १८ करोड ६६ लाख पाँच हजार बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै मुद्दा दायर गरिएको हो । निगमको प्रमुख तथा अन्य सरकारी निकायमा रहँदा पदको दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको भन्दै सम्पत्ति जफतको माग गर्दै अख्तियारले पुस २३ गते मुद्दा दर्ता गरेको हो ।

अख्तियारले विभिन्न व्यक्तिको नाममा लुकाई राखेको ७ करोडभन्दा बढी सम्पत्ति जफत गर्न पनि विशेष अदालतसँग माग गरेको छ । खड्काले आर्जन गरेको सम्पति श्रीमती शर्मिला लगायत विभिन्न व्यक्तिको नाममा लुकाएको समेत खुलेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । श्रीमती शर्मिला र सम्पति लुकाउन सहयोग गर्ने व्यक्ति विरुद्धसमेत पनि मुद्दा दायर गरिएको छ ।

प्रमाणका रुपमा खड्काबाट करिब ८९ लाख ८९ हजार रुपैयाँ अख्तियारले विशेष अदालतमा दाखिलासमेत गरेको छ । सो पैसा उनले घर किन्न रोडसो हाउजिङमा दिएको र आयोगले हाउजिङबाट चेक बरामद गरी अदालतमा प्रमाणका रुपमा पेश गरेको हो । लामो समयदेखि आयोगले खड्काको सम्पत्तिका बारेमा छानबिन गर्दै आएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *