मुलुक डेस्क,

वर्षः ०२ | अङ्कः १५ | माघ २०७६

र्याम्पमा सामान्यत मोडलिङ्ग वा फेशन शो हुर्न गर्दछ । तर त्यही ¥याम्प विशकै सर्वोच्च शिखर सगरमाथाको काखमा हुँदा अनौठो रेकर्ड कायम गदर्छ । समुद्री सतहबाट ५,३४० मिटर उचाइमा अवस्थित कालापत्थरमा काठको र्याम्पमा ५ देशका १८ मोडलले क्याटवाक गरेर विश्वलाई चकित र अच्चमभित  पारेको हुन् ।

ऐभरेष्ट फेसन रन–वे नामक फेसन शो लाई विश्वकै सबभन्दा अग्लो स्थानमा गरिएको फैसन शोको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्ड्सले सम्मानित समेत गरेको छ । दिउँसो टन्टलापुर घाममा टल्लक टल्कने मोडल करिब १ घन्टा क्याटवाक गरेका थिए । काला पत्थरको हिमालमा लटरम्म फैलिएको सेतो हिउँको मनमोहक र आकर्षक दृश्यावलोकन संगै माइन्स ३५ डिग्री सेल्सियसको वर्फमय तापक्र्र्रममा नेपालका मिस इन्टरनेशनल २०१८ रोनाली अमात्यसहित नीलम चन्द, आकंक्षा पाठक, सोफीया भुजेल, स्मृती नेपाल ¥याम्पमा सहभागी भएकी थिइन। इटालीका एलसान्द्रो इगर, सिमोन, फिनल्यान्डकी पाउला मरिया, रोमानियकी म्याउलिना, सिरियाको नतासा बोरोजन, नेदरल्यान्डकी मेजा मारा, इन्डोनेसियाकी अलफिरेदा अलिफिया, सिंगापुरको जहरा खानुम, जाम्बियाकी मतेबा, श्रीलंकाकी अर्नेला एमजेजी लगायतका मोडलले आफ्नो कला प्रदर्शन गरेकी थिइन् ।

जलवायु परिवर्तनबारे जनचेतना जगाउने उद्देश्यले अरबी डायमन्ड र कासा बुटिकले नेपाल पर्यटन बोर्ड र भिजिट नेपाल २०२० को सहयोगमा उक्त फैसन शो आर्याजना गरेको थियो । डिजाइनर रमिला नमेकुलले तयार गरेको अर्गानिक उत्पादित कपडाका पहिरनहरु र अरबी डायमन्ड ज्वलेरी सहितको प्रदर्शन  गरिएको थियो ।