अनुश्री,
वर्षः ०१ | अङ्कः ०५ | पौष २०७५
मिठो मुस्कान र मदमस्त रूपले परिपूर्ण मिस नेपाल शृङ्खला खतिवडा अन्ततः मिस वल्र्डमा आफ्नो प्रतिभा र प्रसिद्धिको झण्डा गाड्न सफल भइन् । चीनको सान्यामा सम्पन्न ‘मिस वल्र्ड – २०१८’ मा विश्वभरका ११८ देशका सुन्दरीबीच आफुलाई उत्कृष्ट १२ स्थानमा पार्न सफल भईन २३ वर्षिय शृङ्खला ।
नेपाल चिनाउने अभियानमा लागेको सुन्दरी शृङ्खला मिस वल्र्ड प्रतियोगिताका ‘मल्टी मिडिया’ र ‘व्युटी विथ ब्रेन’ लगायत दुई विधामा अवार्ड समेत जितिन् । मकवानपुरको चेपाङ्ग वस्तीमा स्वास्थ्य चौकी सहित भौतिक पुर्वाधार निर्माणमा सहयोग पु¥याएकी उनले त्यहाँको आवस्यकता र परिवर्तनको भिडियो विश्वमाझ प्रस्तुत गर्दै उक्त उपाधी जितिन् ।लेखन र कविताका शौकिन शृङ्खला अध्ययनमा पनि सानैदेखि अब्बल रहिन् । पुल्चोक क्याम्पसबाट आर्किटेक्चर इन्जिनियरिङ्गमा स्नातक गरेकी उनी आफ्नो ब्याचको टपर हुन् । पृथक पृष्ठभुमीबाट सौन्दर्यका परम्परागत मान्यता र शैलीलाई अपनाउन सफल शृङ्खला हालसम्मका मिस नेपालमध्ये सर्वाधिक चर्चा र बहसका पात्र बनेकी छिन ।