वर्षः ०१ | अङ्कः ०५ | पौष २०७५
यामाहा मोटर साइकलको बजारमा सुपर स्र्पोटस् वाइक आर–१५ (भर्सन ३.०) सार्वजनिक भएको छ । नेपालका लागि यामाहा मोटर साइकल तथा स्कुटरको आधिकारीक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ सुपर स्पोर्टस् मोडलमा १५५ सिसि, लिक्विड कुल्ड ४ स्ट्रोक, ४ भल्भ र फ्युल इनजेकटेड इन्जिन रहेको उक्त यामाहा वाइक बजारमा ल्याएको हो ।
चार लाख १९ हजार ९ सय प्रारम्भिक मूल्य कायम गरेको आर १५ को नयाँ संस्करमा फुल डिजिटल ड्यासवोर्ड, एलइडी हेडलाइट, एग्रेसिभ राइडिङ पोजिसन र चौडा टायर सहितको विशेषता रहेको छ भने १ सय ३९ केजी वजन रहेको कम्पनीले जनाएको छ । यामाहाको व्राण्ड भ्यालुलाई नयाँ उचाइमा पुर्याउने दावी गरिएको आर–१५ भी ३ मा अन्य विशेषता सहित गियरको इन्डिकेटर, एग्रेसिभ लुक ककपिट र १८ प्रकारका सूचना दिने इन्स्ट्रमेन्टको थप विशेषता समावेश छन् ।