मुलुक डेस्क,

वर्षः ०१ | अङ्कः ०४ | मंसिर २०७५

नेपाली राहदानी विश्वका अन्य मुलुकका पासपोर्टहरूसँगको प्रतिस्पर्धामा ७९औं स्थान ओगट्न सफल भएको छ । स्वप्रतिस्पर्धा अर्थात् ग्लोवल पासपोर्ट पावर र्याङ्क २०१८ द्वारा प्रकाशित रिपोर्ट अनुसार नेपाल गत वर्ष कै स्थान प्राप्त गरी ७९औं भएको हो । कुनै पनि देशको पासपोर्टधारीे कुल भिसा–फ्री यात्रा कति हो भन्ने मापनका आधारमा उक्त सूची तयार गरिने गरिन्छ । यस अनुसार नेपाली पासपोर्टबाट विश्वका १३ देश घुम्न भिसा लिनु पर्दैन । ३४ वटा देशमा आगमन भिसा लाग्ने र १५१ देशमा भिसा आवेदन गरी पाएपछि मात्र यात्रा गर्न सकिने व्यवस्थाका आधारमा उक्त श्रेणी निर्धारण गरिएको हो । एसियाली मुलुक सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली पासपोर्ट भएको छ । उक्त पासपोर्टले विश्वका १२७ मुलुकमा विनाभिसा यात्रा गर्न पाउँछन् । जर्मनको पासपोर्ट पनि शक्तिशाली पासपोर्ट बनेको छ भने दोस्रो शक्तिशाली पासपोर्टमा अमेरिका भएको छ ।

दक्षिण एशियाली मुलुकहरूमा पाकिस्तान ८९औं स्थान, बंगलादेश ८२औं स्थान, श्रीलंका ८०औं, भुटान ६८औं, भारत ६५औं, माल्दिभ्स ५०औं स्थानमा परेका छन् भने छिमेकी मुलुक चीन ५५औं स्थानमा छ । नेपाली पासपोर्टधारीले विनाभिसा यात्रा गर्न सक्ने मुलुकमा भारत, पाकिस्तान, सिंगापुर, इन्डोनेसिया, डोमिनिका, गाम्विया, माइक्रोनोसिया, पेलिस्टाइन, फिलिपिन्स, सेन्ट भिसेन्ट एण्ड दि ग्रेनेडाइन्स र हैटी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *