मुलुक डेस्क,
वर्षः ०१ | अङ्कः ०४ | मंसिर २०७५
बहुआयामिक व्यक्तित्वका धनी, मानवअधिकारकर्मी एवं नागरिक अगुवा पद्मरत्न तुलाधर सदाका लागि अस्ताए । उनको परिचय उनको नाम जस्तै । पद्म र रत्न ! अर्थात दुवै अमूल्य । भाषा अधिकार, अभियन्ता, मानव अधिकारकर्मी, नागरिक अगुवा, शान्तिवार्ता दूत, साहित्यकार, पत्रकार आदि आदि उनको नाम अगाडि सम्मानजनक रूपमा जोडिएका छन् ।
पंचायती व्यवस्थाको बेला लोकतन्त्र र गणतन्त्रको आवाज उठाउने कुरामा होस् अथवा भाषा क्रान्तिमा होस् पद्मरत्न पद्म र रत्न भैंm अमूल्य रहे । कुनै पनि तन्त्रमा उनी गलत प्रवृत्तिको बिरुद्ध उभिए । गलत प्रवृत्तिका बिरुद्ध संघर्षरत उनी विभिन्न शारीरिक विकृतिसंग पनि संघर्ष गरिरहेका थिए केही समयदेखि । मुटुरोग पीडित तुलाधरलाई केही वर्ष अघि रक्त प्रवाह हुने धमनी बन्द भएपछि कोरोनरी एन्जिओल्पास्टी तथा स्टेन्ट प्रत्यारोपण गरिएको थियो । जसका कारण उनी केही वर्षदेखि सार्वजनिक सक्रियतामा थिएनन् । नेताहरूबीच फरक प्रवृत्तिका कारण पृथक पद्मरत्नका गलत प्रवृत्ति बिरुद्धको लडाइले निरन्तरता पाउन सके र सकारात्मक परिणाम ल्याउन सके शाब्दिक भन्दा अर्थपूर्ण श्रद्धाञ्जली हुन सक्ने छ उनीप्रति । श्रद्धाञ्जली !