वर्षः ०१ | अङ्कः ०४ | मंसिर २०७५
मुलुकले राजनीतिक रूपमा पटक पटक कोल्टे फेरिसकेको छ । २००७ साल, २०४६ साल र २०६३ सालको ऐतिहासिक परिवर्तन जनताले भोगिसकेका छन् । परिस्थितिले कोल्टे फेरेसँगै त्यही अनुरूपमा आर्थिक, सामाजिक र राजनीतिक परिवर्तन हुने अपेक्षा राख्नु नितान्त स्वभाविक पनि हो । २००७ सालमा राणाबाट राजा स्वतन्त्र भए, २०४७ सालमा पञ्चायती व्यवस्थाबाट जनता स्वतन्त्र भए र २०६३ सालमा राजाबाट जनता स्वतन्त्र भए । पञ्चायती व्यवस्थामा पञ्चहरूले शासन गरे भने बहुदलीय व्यवस्थामा दलहरू र त्यसका आसेपासेहरूकै रजाइँ रहृयो र त्यो रजाईँ कायमै छ।
जनता सर्वेसर्वा, जनताले जनताकै लागि ल्याइएको भनिने हालको व्यवस्था जनताकै लागि भए पनि
‘जनताले जनताकै हो’ भन्ने अनुभूति भने गर्न सकिरहेका छैनन् ।
जनता भोटमा सीमित भइरहेका छन् भने जनताका असीमित अधिकार अल्पमत, बहुमत, एक तिहाइ र दुई तिहाइका नाममा दल, दलका आसेपासे र सत्तामा प्रभाव जमाउन सक्ने शक्ति केन्द्रकै सेरोफेरोमा रुमल्लिरहेको छ । जनता स्वतन्त्र भए पनि जनताका अधिकार स्वतन्त्र हुन सकिरहेको छैन । शान्ति सुरक्षा, महँगी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भएका अस्तव्यवस्तताले जनतालाई स्वतन्त्र महसुस गर्न दिइरहेको छैन । यसतर्पm जनप्रतिनिधिहरूले गंभिरतापूर्वक मनन गर्न नितान्त जरुरी भएको छ । जनतालाई अब अर्को परिवर्तनको आवश्यकता नपरोस् ।