वर्षः ०१ | अङ्क: ०३ | कार्तिक २०७५
‘पाँडो किन्दा भैंसी उपहार’ आयोजना फेरि आएको छ । शिखर सुजको खरिदमा । नेपालीमाझ अत्याधिक लोकप्रिय जुत्ता ब्राण्डको रूपमा स्थापित नाम हो – शिखर सुज । दशैं, तिहार छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै शिखर सुजको खरिदमा कार वम्पर उपहार योजना सार्वजनिक गरेको छ ।
जुत्ता चप्पल खरिद गर्ने प्रत्येक उपभोक्तालाई हात खाली नजाने गरी स्क्रायाच कुपन सहितको योजना ल्याएको छ । “फेरि आयो पाँडो किन्दा भैंसी उपहार” भन्दै कम्पनीले २ हजारभन्दा बढीको खरिदमा लेडिज स्याण्डल उपहार राखेको छ । एक सयभन्दा बढी डिजाइनमा उपलब्ध यस जुत्ता चप्पलमा ६ महिनाको वारेन्टीसमेत रहेको छ । स्क्रायाचमा हरेकले नगद पाउनुका साथै उपहार योजनाको अन्त्यमा एकजना भाग्यशाली विजेताले ह्याचव्याक कार जित्ने जानकारी कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले दिनु भयो ।