संजीव सिंह,
वर्षः ०१ | अङ्कः ०३ | कार्तिक २०७५
नेपालको एकमात्र समाचार समितिको रूपमा रहेको राष्ट्रिय समाचार समिति (रासस) वि.स. २०१८ सालमा स्थापना भएको हो । राज्य सञ्चालित संचार माध्यमका रूपमा २०१८ साल ७ गते स्थापित राष्ट्रिय संवाद समिति नै स्थापनाको १० बर्षपछि २०२८ सालमा राष्ट्रिय समाचार समितिको नामाकरण भएको हो ।
विश्व प्रसिद्ध समाचार एजेन्सीको समानान्तर रूपमा नेपालमा ल्याइएको न्युज एजेन्सीको नतिजा हो – रासस । नेपालको पहिलो र एक मात्र न्यूज बैंक को नाममा परिचित राससले मुख्य उद्देश्य समाचार संकलन र सम्प्रेषण हो । निजि क्षेत्रबाट २०१६ पुस १ गते स्थापना भएको नेपाल संवाद समिति (नेसस) र २०१७ साल बैशाख ३० गते स्थापना भएको सगरमाथा सम्बाद समिति (रासस) गाभिएर राष्ट्रिय संवाद समिति गठन भएको थियो । राससको केन्द्रिय कार्यालय, भद्रकाली–काठमाडौंमा रहेको छ ।
विश्वको हरेक देशमा राज्य संयन्त्रका रूपमा कम्तीमा एक समाचारको समिति रहने अवधारणालाई आत्मसाथ गर्दै राससले आफ्नो कार्यशैली र सेवालाई निरन्तरता र विस्तारको क्रममा अगाडी बढाएको छ ।
नेपाल अधिराज्य भित्रका र विदेशका समेत निष्पक्ष एवं आधिकारिक समाचार तथा सुचना देशवासी तथा विदेशीले पनि जानकारी पाउन र अधिराज्यमा एकताको भावनाको वृद्धिको साथै ठोस जनमतको सृजनामा मद्दत होस् भन्ने हेतुले देश तथा विदेशमा पूर्ण तथा वास्तविक समाचार एवं सुचनाको खोजी गरी प्राप्त भएका समाचार र सुचना प्रयोगकर्ताहरूमा वितरण गर्नुका साथै समाचारहरूको समुचित आदान–प्रदान समेत मुख्य उद्देश्य सहित गठित रासस राष्ट्रकै भरपर्दो र सर्वाधिक विश्वसनीय निकाय पनि हो । नेपाल सरकारको पूर्ण स्वामित्वमा क्रियाशील राससमा ९० प्रतिशत नेपाल सरकारको अनुदान र बाँकी स्वआर्जनमा संचालित छ ।
निष्पक्ष, आधिकारिक, विश्वसनीय समाचार सम्प्रेषण गर्ने समाचार बैंकका रूपमा स्थापित राससले देशभरका छापा संचारमाध्यम (पत्रपत्रिका), विद्युतीय संचारमाध्यम (रेडियो, एफएम, टिभी) र अनलाइनलाई समाचार सेवा उपलब्ध गराउँछ । राससका सेवाग्राही संचारमाध्यम हाल २५० भन्दा बढी रहेको छ । नेपाली र अंग्रेजी भाषामा समाचार तयार पारी बिहान ६ देखि ११ बजे रातीसम्म अनलाइन प्रणालीमार्फत सेवा समेत प्रवाह गर्दै आइरहेको छ । विश्वका प्रतिष्ठित संस्थाका एएफपी, एपी, सिन्हवा, योन्हाप, एएनआई पिटिआई लगायतका समाचार नेपाली भाषामा अनुवाद गरी प्रत्येक दिन उपलब्ध गराउने गरेको छ । साथै विभिन्न प्रकारका आलेख, र आर्थिक समाचार, अडियो क्लिप स्वदेश तथा विदेशका फोटो समेत राससले उपलब्ध गराउँदै आएको छ ।
विश्वको हरेक देशमा राज्य संयन्त्रका रूपमा कम्तीमा एक समाचारको समिति रहने अवधारणालाई आत्मसाथ गर्दै राससले आÇनो कार्यशैली र सेवालाई निरन्तरता र विस्तारको क्रममा अगाडी बढाएको छ । करिब २०० स्थायी कर्मचारी र १२३ मासिक ज्यालादारी कर्मचारी तथा पत्रकार यसमा आबद्ध छन् । यसैगरी देशभरका सबै जिल्ला र प्रमुख सहरहरूमा १११ जना र विदेशमा ८ जना गरी ११९ जना स्थानीय समाचारदाता (स्ट्रिङ्गर) कार्यरत छन् ।