वर्षः ०१ | अङ्कः ०३ | कार्तिक २०७५
अत्यन्त सौन्दर्यकी धनी, ग्ल्यामर तथा संसारकै कम उमेरका अर्वपतिमध्ये एक हुन् – काइली जेनर । २१ वर्षिय काइली अमेरिकन रियालिटी टिभी पर्सनालिटी, मोडेल, उद्योगपति एवं सामाजिक संचारकर्मी पनि हुन् । अगष्ट २०१८ को फोब्र्स पत्रिका अनुसार काइली संसारकै स्वआर्जन युवा अर्बपतिको सुचीमा परेर धमाल मच्चाएकी छिन् । सन् २०१४ र २०१५ को टाइम पत्रिकाअनुसार केली संसारकै सर्वाधिक प्रभावित पार्ने टिन एजर थिइन् । इन्सटाग्राम फलोअर्सको सुचीमा १० औं स्थान भित्र पर्न सफल केलीका संसारभर १० करोडभन्दा बढी फलोअर्स रहेका छन् ।

काइली २००७ देखि अमेरिकन टेलिभिजन शो ‘किपिङ्ग अप विथ द किदरसियनस’ संचालन गर्दै आएकी छन् । सन् २०१२ देखि ‘केन्डल र काइली’ नामका साथ कपडा ब्रान्ड ‘पेकसन’ बाट व्यवसाय शुरु गरेकी उनी सन् २०१५ मा आफ्नै कस्मेटिक ब्रान्ड ‘केली लिप किट्स’ शुरुवात गर्न सफल भइन् ।