राजेश्वर डी. श्रेष्ठ,
वर्षः ०१ | अङ्कः ०३ | कार्तिक २०७५
हामीमध्ये कसैलाई पनि बारम्बार पिसाब लागि रहयो भने, जतिपटक पिसाब फेर्दा पनि नपुगेको जस्तो भयो भने, राती पनि पटक पटक पिसाब लाग्नु, पिसाब फेर्दा बल गर्नुपर्ने भयो भने या पिसाब फेर्दा पोल्न थाल्यो भने संझनुपर्छ अब प्रोष्टेट अथवा पुरुष ग्रन्थीसम्बन्धी समस्याले सतायो भनेर ।
विशेष गरी ४० बर्ष नाघेपछि उमेरसँगै प्रोष्टेट पनि बढ्दै जाने र विस्तारै यसले पिसाबसम्बन्धी समस्या निम्त्याउँदै जाने विशेषज्ञहरू बताउने गर्छन् । प्रोष्टेट बढ्नु र पिसाब फेर्न केही समस्या हुनु एक अर्कासँग सम्बन्धित भएकाले यसलाई स्वाभाविक रूपमा लिने गरिन्छ । पिसाब लागिरहयो भने, पिसाब फेर्न गा¥हो भयो भने, थोरै थोरै मात्र पिसाब आयो भने पनि बुढेसकालमा लाग्ने रोग हो भयो भनेर यसलाई सामान्य रूपमा लिने गरिरहेका हुन्छौं । यहाँसम्म कि प्रोष्टेट भनेको बुढेसकालमा लाग्ने नियमित वा स्वभाविक रोग हो भनेर त्यसप्रति हेलचेक्राइ गरिरहेका हुन्छौ र समस्याप्रति त्यति गम्भिर भइरहेका हँुदैनौ ।
प्रोष्टेटको समस्या बढ्दै जाँदा त्यसबाट हुन सक्ने क्यान्सरसम्मको सम्भावनाप्रति सचेत भइरहेका हुँदैनौं । प्रोष्टेट बुढेसकालको रोग मात्र हो भनेर बुझ्दा त्यसले यौन दुर्बलता र निसन्तानको भागी पनि बनाउन सक्नेतर्फ ध्यान नपुगेको हुन सक्छ ।
पटक पटक पिसाब फेर्दा पनि नपुगेको जस्तो हुनु, पिसाब फेर्दा पिसाबको धारा छरिएर जानु, राती पटक पटक पिसाब लाग्नु र अण्डकोष दुख्न थाल्नु यी केही यस्ता संकेतहरू हुन् जसले पुरुषहरूमा प्रोष्टेट ग्ल्याण्डको समस्या बढ्दै गएको देखाउँछ । पुरुषहरूमा हुने ५० भन्दा बढी ग्रन्थीहरूमध्येको एउटा ग्रन्थी प्रजनन् ग्रन्थी अर्थात् प्रोष्टेट ग्ल्याण्ड हो । यो ग्रन्थी पुरुषहरूमा मात्र हुन्छ । यो ग्रन्थी मुत्रासय, मुत्रनली र वीर्य नलीसँग जोडिएर रहेको हुन्छ । प्रोष्टेट ग्ल्याण्डको बीच भाग मुत्रनलीको माध्यमबाट पिसाब र वीर्य निस्काषन हुने गर्दछ । उमेर बढेसँगै प्रोष्टेट पनि बढ्दै जाने र त्यसले पिसाब नलीलाई खुम्च्याउँदै लाने भएकाले कतिपयमा पिसाबको ठूलो समस्या देखिने हुन्छ ।
तर के प्रोष्टेटको समस्या त्यति मै मात्र सीमित छ त ? प्रोष्टेटको समस्या अनिवार्य भोग्नुपर्ने समस्या मात्रै हो ? यसको असर बुढेसकालका पुरुषहरूमा मात्र हुन्छ ? के यो समस्या वरिपरिका अन्य सदस्यसँग सम्बन्धित छैन ? प्रोष्टेटको समस्याले पिसाब फेर्न सजिलो, गा¥हो हुने या उपचार गराउँदा ठीक हुनेसम्म मात्र सीमिति छ ?
यी केही यस्ता प्रश्नहरू हुन् जो प्रोष्टेट ग्ल्याण्ड र त्यसका समस्याहरूसँग जोडिएका छन् । यी प्रश्नहरूले अन्य धेरै विषयसँग जोडिएर समाधान खोजिरहेका छन् । जति स्वभाविक र सहज रूपमा प्रोष्टेटको समस्यालाई बुझ्ने गरिएको छ त्यो त्यतिमै मात्र सीमित भने छैन ।
मुत्ररोग विशेषज्ञ डा. दीपक कुमार रौनियार भन्छन् – ‘प्रोष्टेटको समस्याले पिसाब फेर्न गा¥हो बनाउने मात्र नभएर यसले पुरुषमा बाँझोपन ल्याई नपुंसकसम्म बनाउन सक्छ । उनी भन्छन् ‘यो डेढ करोड पुरुषको मात्र समस्या होइन ३ करोड नेपालीको समस्या हो । उनको संकेत प्रजनन ग्रन्थीबाहेक डेढ करोड पुरुषलाई हुने प्रोष्टेटको समस्या कुल जनसंख्याको आधा रहेका महिलासँग पनि परोक्ष रूपमा सम्बन्धित छ । प्रोष्टेटको समस्या भनेको पिसाबसँग मात्र जोडिएको नभएर पुरुषहरूको प्रजनन् प्रक्रियासँग पनि जोडिएको हुन्छ । बुढेसकाल लागेपछि मात्र देखिने समस्या नभएर यो युवावस्थाका व्यक्तिमा पनि हुन्छ ।
प्रोष्टेटको समस्यालाई उमेरसँग मात्र जोडेर हेरिरहँदा यसले किशोर अवस्थामा रहेका युवाहरू र रोजगारीका लागि विदेशमा रहेका लाखौं नेपाली युवाको पारिवारिक भविष्य र दाम्पत्य जीवनप्रति गम्भिर भइरहेका हुँदैनौ । ५० लाखको हाराहारीमा नेपाली युवाहरू रोजगारीका लागि विदेशमा रहेका छन् । प्रोष्टेटको समस्या अहिले तिनै विदेशमा रहेका युवाहरूमा देखिन थालेको बुझिन्छ । पाको उमेरका व्यक्तिमा हुने भनेको यो समस्या पछिल्लो समयमा ३०÷३५ बर्षका युवाहरूमा समेत देखिन थालेको चिकित्सकहरू बताउँछन् । प्रोष्टेटको समस्याले गर्दा हुने असर यौन दुर्बलता हो । अहिले युवा वर्गमा यौन दुर्बलता देखिन थालेको चिकित्सकहरूको ठम्याइ छ ।
प्रोष्टेट ग्ल्याण्डको समस्याले बुढेसकालमा पिसाबसँग सम्बन्धित समस्या मात्र निम्त्याउने नभएर अहिले युवाहरूमा यौन दुर्बलता र भविष्यमा बाँझोपना ल्याउन सक्नेसम्मका संकेत देखा पर्न थालेको छ । सम्बन्धित विशेषज्ञहरूको भनाइअनुसार प्रोष्टेटको समस्या बुढेसकालको समस्या मात्र नभएर युवावर्गको समस्याको रूपमा बुझ्नु पर्ने हुन्छ ।
युवामा यो समस्या किन ?
प्रोष्टेटले वीर्यलाई स्वस्थ राख्न र हुर्काउन मद्दत गर्ने गर्छ । जम्मा भएको वीर्य निश्काषन भए पछि त्यहाँ अर्को वीर्य उत्पादन हुन थाल्छ । वीर्य उत्पादन हुनु र निस्काषन हुनु सामान्य प्रक्रिया हो । विशेषज्ञका अनुसार वीर्य उत्पादन र निस्काषन भइरहनु पर्छ । वीर्य निस्काषन हुन नसक्दा उत्पादन बन्द हुन्छ र वीर्य जम्मा भइरहन्छ । जब वीर्य स्थीर रहिरहन्छ त्यसपछि समस्या उत्पन्न हुन थाल्छ । त्यसको असर प्रोष्टेट ग्ल्याण्डमा पर्न थाल्छ र समस्याको रूपमा अगाडि आउने हुन्छ । प्रजनन् ग्रन्थीको काम वीर्य उत्पादन गर्ने, हुर्काउने र स्वस्थ राख्ने भएकाले उत्पादन भएको वीर्य निस्काषन नहुँदा प्रजनन ग्रन्थीको उत्पादन कार्यमा अवरोध आई समस्या उत्पन्न हुने गर्दछ । त्यसैले लामो समयसम्म शारीरिक सम्पर्क नहुँदा पनि प्रोष्टेटको समस्या बढ्ने हुन्छ । डाक्टर रौनियार भन्छन् – जब महिनौं र बर्षौंसम्म शारीरिक सम्पर्क हुँदैन त्यसपछि ग्ल्याण्डमा समस्या उत्पन्न हुन थाल्छ । लामो समयसम्म वीर्य ननिस्कँदा वीर्यको थैलीमा लेदो लाग्न थाल्छ । उनको भनाईअनुसार प्रोष्टेट नजिकैको वीर्यमा समस्या उत्पन्न भएपछि त्यो समस्या प्रोष्टेटमा सर्न सक्छ र प्रोष्टेट ग्ल्याण्डमा संक्रमण हुन्छ । संक्रमण बढ्दै जाँदा अर्थात् पोष्टाटाइटीस हुँदा तत्काल उपचार नगरिए क्यान्सरको खतरा हुन्छ र धेरै जसोमा यौन दुर्बलताको संभावना हुन्छ ।
जसरी अहिलेसम्म प्रोष्टेटको समस्यालाई बढ्दै गरेको उमेरसँग जोडिएको सामान्य समस्याको रूपमा हेरिदै र लिदै आइएको थियो अब यो समस्याको परिधि बढ्दै गएको मात्र नभएर यसलाई गम्भिरताका साथ लिनु र बुझ्नु पर्ने भएको छ । प्रौढ र युवामा मात्र नभएर यसको प्रत्यक्ष असर महिला र पारिवारिक जीवनमा समेत पर्न थालेको छ । प्रौढावस्थामा पुगेका बृद्धमात्र नभएर निसन्तान र बाँझोपनको सिकार भएका पुरुषहरू पनि यही समस्याले प्रभावित भएका हुन सक्छन् ।
पिसाब सम्बन्धी समस्या लिएर चिकित्सक कहाँ आउने गरेका प्राय ः प्रौढ उमेरका व्यक्तिहरूलाई प्रोष्टेट ग्ल्याण्डमा भएको आकार वृद्धिले भएको स्वभाविक परिणामको रूपमा परीक्षण गरी उपचार गर्ने गरेको पाइन्छ । प्राय ः चिकित्सकको भनाइ पनि बुढेसकालमा उमेर बढेसँगै प्रोष्टेट ग्ल्याण्ड पनि बढ्दै जाने र त्यसले पिसाब सम्बन्धी समस्या बढाउने भन्ने बुझिन्छ । प्रोष्टेट ग्ल्याण्डको समस्या उमेरसँग मात्र सिमित नभएर यौन जीवन र बाँझोपन हुँदै निसन्तान हुनुपर्ने सम्भावना सम्म फैलिने कुरा बुझ्ने र बुझाउने काम भने अभैm त्यति हुन सकेको छैन । यस तर्फ गम्भिर हुनु जरुरी छ ।
पिसाब फेर्न गाह्रो हुने देखि नपुंसकता हुन सक्ने सम्म सम्भावना रहेको प्रोष्टेट ग्ल्याण्डमा समस्या उत्पन्न हुन नदिन बुढेसकाल लागेपछि मात्र नभएर युवावस्था वा अझ बाल्यकालदेखि नै सचेत रहन आवश्यक हुन्छ । प्रत्यक्ष रूपमा पिसाब प्रवाहसँग जोडिएको यो समस्याले पारिवारिक जीवनलाई समेत घातक असर पार्न सक्ने भएकाले यसलाई पुरुषहरूलाई मात्र हुने समस्याको रूपमा लिनु हुँदैन ।
कस्ता व्यक्तिलाई प्रोष्टेटको समस्या हुन्छ ?
चिकित्सकको भनाइअनुसार प्रत्येक पुरुषमा प्रोष्टेट ग्ल्याण्ड हुने हुँदा यसको समस्या जो कसैमा पनि देखिन सक्छ । यो उमेर बढेसँगै प्रोष्टेटको आकार पनि बढ्दै जाने र त्यसले पिसाब नलीलाई च्याप्दै जान सक्ने भएकाले पिसाबको निरन्तर प्रवाहमा अवरोध हुन थाल्यो भने प्रोष्टेटको समस्या बढ्न थाल्छ । विशेष गरी धेरै बेरसम्म पिसाब रोकेर राख्दा वा पिसाब पूर्ण रूपमा फेर्न नसकेको अवस्थामा पिसाब थैलीमा पिसाब धेरै बेर जम्मा हुने र पछि त्यहाँ संक्रमण हुन सक्ने हुन्छ । पिसाब नियमित नहुँदा पछि किड्नीमा समेत असर पार्ने चिकित्सक बताउँछन् । किड्नीले प्रति मिनेट एक एमएल पिसाब बनाउने गर्दछ त्यो पिसाब पिसाब थैलीमा पठाउँदा समयमा पिसाब निस्काषन नहुँदा पिसाब थैली खाली हुन पाउँदैन । जसले गर्दा किड्नीको काममा अवरोध आउने हुन्छ । यो क्रम लामो समयसम्म भइरहँदा किड्नीमा पत्थरी जम्मा हुन थाल्ने र विस्तारै किड्नी नै खराब हुने संभावना हुन्छ । यसरी यो समस्या किड्नीसँग पनि प्रत्यक्ष जोडिन पुगेको हुन्छ ।
यो समस्या धेरै बेरसम्म पिसाब रोकि राख्नु पर्ने शिक्षक, विद्यार्थी, ड्राइभर, प्रहरी जस्ता व्यवसायी वा कामदारहरूमा देखिने हुन सक्छ । चिकित्सक भन्छन् – ‘हुन सक्छ भने पिसाब लागेको १ मिनेट मै पिसाब फेरि हाल्नुपर्छ, रोकिराख्नु हुन्न । पटक पटक धेरै बेर पिसाब अबरोध हुँदा पनि प्रोष्टेटको समस्या निम्तिन सक्छ । प्रोष्टेट आफैमा रोग या समस्या नभए तापनि विभिन्न कारणले यससँग सम्बन्धित समस्या देखापर्ने हुन्छ जो दुःखदायी र घातक पनि हुन्छ । त्यसैले सानैदेखि पिसाब नरोक्ने हो भने मात्र पनि यसबाट हुने समस्याबाट धेरै जोगिन सक्छ । डायवेटिज भएको र धेरै तनावमा रहने व्यक्तिमा यो समस्या छिटो देखिन सक्ने चिकित्सक बताउँछन् । वंशाणुगत रूपमा पनि यो समस्या परिवारमा अन्य सदस्यहरूमा देखिन सक्छ । त्यसैले समय समयमा पिसाब परीक्षण गराइरहँदा केही सुरक्षित रहन सक्ने विशेषज्ञको भनाइछ । त्यस्तै आधुनिक जीवन शैली, खानपिनमा हुने लापरबाही र हाई ब्लड प्रेसर आदि कारणले पनि प्रोष्टेट ग्ल्याण्डको समस्या देखिने हुँदा त्यसतर्फ पनि सचेत रहन आवश्यक हुन्छ ।
प्रोष्टेट ग्ल्याण्डको समस्याबाट जोगिन के गर्नुपर्छ ?
पिसाब लाग्ना साथ फेरी हाल्नु पर्छ । चिकित्सकको भनाइअनुसार पिसाब एकछिन पनि रोक्नु हुँदैन । पटक पटक पिसाब रोक्दा वा धेरै बेर पिसाब रोकी राख्ने गर्नाले पिसाब थैलीमा संक्रमण हुन सक्ने र विस्तारै त्यसले किड्नीमा समेत असर पु¥याउने हुन्छ ।
पर्याप्त पानी पिउने ।
मानिसको शरीरबाट सामान्यतया २४ घण्टामा २ लिटर पानी पिसाबको माध्यमबाट बाहिर निस्काषन हुन्छ । शरीरलाई पर्याप्त पानी चाहिने हुन्छ । पिसाब र पसिनाका माध्यमबाट बाहिर गएको पानीको कमीलाई पूर्ति गर्न दैनिक ४–५ लिटर पानी पिउनु पर्छ ।
नियमित शारीरिक सम्पर्क
प्रोष्टेट ग्ल्याण्डको समस्या यौन जीवनसँग पनि जोडिएको हुन्छ केही निश्चित समयमा वीर्य निस्काषन हुँदा प्रोष्टेट ग्ल्याण्डमा हुन सक्ने असरको संभावना कम हुने भएकोले विशेषज्ञ चिकित्सक शारीरिक सम्पर्कलाई ध्यानमा राख्न सुझाव दिन्छन् ।
पिसाब परीक्षण
पिसाबमा कुनै किसिमको संक्रमण भएमा त्यो सरेर प्रोष्टेट ग्ल्याण्डसम्म पुग्न सक्ने र त्यसले ग्ल्याण्ड मै संक्रमण ल्याउन सक्ने हुँदा बेलाबेलामा पिसाब परीक्षण गर्नु पर्छ र पिसाबमा कुनै पनि व्याक्टेरिया देखिए त्यो निर्मुल पार्नु पर्छ । त्यस्तै समय समयमा मृगौला परीक्षण पनि गराउनु पर्दछ ।
म्याग्नेसियम युक्त खानेकुरा खाने ।
प्रोष्टेट ग्ल्याण्डलाई स्वस्थ राख्न काजु, पिस्ता, बदाम, ओखर जस्ता खानेकुरा मात्रा मिलाएर खाने गर्नु पर्दछ । यी खानेकुरामा प्रशस्त म्याग्नेसियम र जींक तत्व पाइने गर्दछ । त्यस्तै वर्गर, चीज, तेलमा झानेका खानेकुराहरूबाट टाढा रहने गर्नुपर्दछ भने ब्रोइलर कुखुरा सकेसम्म नखाँदा हुने चिकित्सक बताउँछन् ।
व्यायाम घरेलु उपाय ।
प्रोष्टेट ग्ल्याण्ड जोगाइ राख्न गरिने अन्य उपायका अलावा घरेलु व्यायाम पनि गर्न सकिन्छ । मलद्वारलाई खुम्च्याउँदै माथितिर तान्ने र १५ सम्म गिन्ती गरी छोडिदिने । फेरि माथितिर खुम्च्याएर तान्ने १५ सम्म गिन्ती गर्ने अनि छोडी दिने । यसो गर्दा प्रोष्टेट ग्ल्याण्डमा रक्त संचार सहज हुने हुन्छ र पर्याप्त अक्सिजन प्रवाहले प्रोष्टेट ग्ल्याण्डलाई स्वस्थ राख्न मद्दत पु¥याउँछ । यो जतिबेला पनि गर्न सकिन्छ । अवस्था र अनुकुल हेरेर गरिरहन सके राम्रो हुन्छ ।
बुढेसकालमा मात्रै देखिने भनेर बुझिएको यो समस्याको परिधि बढेर अब युवा र बाल्यकालसम्म जोडिन पुगेको छ । बढ्दो उमेर, बृद्धावस्था र पिसाबसँग मात्र यसलाई जोडेर अब हेरिनु र बुझ्नु हुँदैन ।
सोच र उपचारलाई नै व्यापक बनाउन आवश्यक देखिएको छ । बालबालिका, युवा, शिक्षक, प्रहरी, ड्राइभर, यात्रुलगायत धेरैबेर पिसाब रोकिराख्नु पर्ने व्यक्तिहरू हुँदै वैदेशिक रोजगारीमा रहेका लाखौं युवा वर्गमा समेत यसबारे जानकारी र सचेतना फैलाउन जरुरी देखिएको छ ।
माथि दिइएका प्रश्नहरूमा शंका लागे वा धेरै जवाफ मिल्न गए आपूmमा प्रोष्टेट ग्ल्याण्डसम्बन्धी समस्या हुन थालेको बुझ्नु पर्दछ र चिकित्सकको परामर्श र परीक्षणका लागि जानुपर्छ ।
प्रोष्टेट छ, छैन ?
आफूलाई प्रोष्टेटसम्बन्धी समस्या छ कि छैन भनेर प्रारम्भिक रूपमा आफैले पनि परीक्षण गर्न सकिन्छ । विशेषज्ञ चिकित्सक डा. दीपक रौनियारका अनुसार तल दिइएका १७ वटा प्रश्नलाई ध्यान दिने हो भने प्रोष्टेटसम्बन्धी समस्या भए ÷ नभएको किटान गर्न सकिन्छ ।
१. पिसाब चाँडै लाग्छ लाग्दैन ?
२. पिसाबको धारा मोटो छ वा मसिनो छ ?
३. पिसाबको धारा छरिएर जान्छ वा जाँदैन ?
४. पिसाब पोल्छ कि पोल्दैन ?
५. राती पटक पटक पिसाब लाग्छ ?
६. पिसाब लाग्दा रोक्न सकिन्छ ?
७. पिसाब गर्नलाई बल गर्नुपर्छ कि पर्दैन ?
८. पिसाब फेरिसकेपछि पिसाब बाँकी रहेजस्तो महसुस हुन्छ कि हुँदैन ?
९. पिसाब लागे जस्तो हुने तर फेर्न जाँदा कम कम हुने हुन्छ कि हुँदैन ?
१०. पिसाबको रंग रातो छ कि छैन ?
११. पिसाब गन्हाउँछ कि गन्हाउँदैन ?
१२. अण्डकोष दुख्छ कि दुख्दैन ?
१३. नाइटोमुनि दुख्छ कि दुख्दैन ?
१४. नाइटोदेखि अण्डकोषसम्मको भाग दुख्छ कि दुख्दैन ?
१५. मलद्वारदेखि अण्डकोषसम्मको भाग दुख्छ कि दुख्दैन ?
१६. वीर्य खस्दा पोल्छ कि पोल्दैन ?
१७. यौनशक्तिमा कमीको महसुस हुनु ।