एस राजपुत,

वर्षः ०१ | अङ्कः ०३ | कार्तिक २०७५

बैंकक – खुशीको शहर, स्वतन्त्र र अमर शहर, थाइल्याण्डको राजधानी । विश्व पर्यटनको प्रमुख गन्तव्य स्थल । थाइल्याण्डको शान एवं एशियाको सम्मान । चांग (हात्ती), टुकटुक (टेम्पो), वाटर बोट, किक–बक्सिङ्क, मसाज र बुमबुम (सेक्स) को लागि विश्व प्रसिद्ध शहर बैंकक अतित र वर्तमान समाजको परिवर्तित धरोहर पनि हो ।

ग्लोबल गन्तव्य शहर सुचांकमा संसारको सर्वाधिक भ्रमण गरिएको शहर तथा विश्वको सर्वश्रेष्ठ शहरको नामाकरण गरिएको स्थल हो – बैंकक । करिब १ करोडको हाराहारीमा जनसंख्या भएको बैंककमा वर्षेनी त्यती नै मात्रामा संसारभरिका पर्यटकहरूको ओइरो लाग्ने गर्दछ । बैंककको बहुपक्षीय स्थानहरूको आकर्षण र शहरी जीवनले पर्यटकहरूको विविध समूहलाई अपिल गर्दछ । शाही महलहरू, मन्दिरहरू र साथसाथै संग्रहालयहरू, प्रमुख ऐतिहासिक र साँस्कृतिक स्थलहरू यस शहरको पर्यटकीय आकर्षण हुन् । किनमेल र सामुद्रिक भोजनको अनुभवका कारण यहाँको विशिष्टता र विस्तृत दायरा फराकिलो पार्दछ । यद्यपि बैंककको यौन उद्योग विश्व पर्यटनका लागि प्रतिष्ठासमेत साबित भएको देखिन्छ । ‘फ्रि सेक्स सिटीको रूपमा संसारभरिकै पर्यटकलाई पाहुनाको रूपमा स्विकार्ने बैंककको संस्कार अद्भूत छ ।

बैंककका संस्कृतिले थाइल्याण्डको धन र आधुनिकीकरणको केन्द्रको रूपमा यसको स्थितिलाई प्रतिबिम्बित गर्छ । स्वर्गदूतहरूको शहर, अमर शहर र नौ जवाहरातहरूको शानदार शहर बैंककले आफ्ना पर्यटकहरूलाई आत्मियताका साथ आफ्नोपनको आभाष गराउन रत्तिभर पनि चुक्दैन । चाओ फराया नदीको पश्चिमी डिलमा अवस्थित यो शहर ६०५.७ वर्ग किमिमा फैलिएको छ । १५ औं शताब्दीदेखिको इतिहास बोकेको बैंकक त्यस बखत अयुथ्यया राज्य अन्तर्गत पर्दथ्यो । त्यस्तै राजनीतिक परिवर्तनको साक्षी बनेको ग्राण्ड प्यालेस आफ्नो भव्यता, कलात्मक एवं ऐतिहासिकताको लागि विश्व प्रसिद्ध स्थल हो । रतनाओसिन राज्यको राजा रामको यो पूर्व निवास हो । अनेकौं समारोह र पर्यटकको केन्द्रको रूपमा प्रख्यात मन्दिरहरू, शाही हलहरू र प्राचिन अवशेषहरूको भुलभुलैया पनि हो ।

२० औं शताब्दीमा भएको राजनीतिक संघर्षले थाइल्याण्डले निरन्तरको राजतन्त्र त्याग्यो र संवैधानिक शासन अपनायो । तथापि १९६० देखि १९८० को बीचमा देशमा तीब्र राजनीति, अर्थव्यवस्था, शिक्षा, मिडिया, स्वास्थ्य र आधुनिक समाजको निर्माण ग¥यो । सन् १९८०–९० हुँदै आजको परिस्थितिमा बैंककमा अनेकौं बहुराष्ट्रिय कम्पनीहरूको पहलमा वित्त र व्यवसायमा क्षेत्रीय हब बन्न पुग्यो । यो यातायात, स्वास्थ्य, कला, फेशन र मनोरञ्जनको लागि प्रख्यात बन्न पुगेको छ । जसको कारण बैंककको जीवन र संस्कृति सजीव बनेको छ ।

मुस्कानको ठाउँ, दक्षिणपूर्व एशियाको गहना – बैंकक, थाइल्याण्ड हो । थाइ मसाज, खुल्ला सेक्स, क्लब र पार्लरको पर्याय बनेको यो शहर वास्तवमै सबैको सपनाको शहर हो, आफ्नोपनको शहर हो । विकास र समृद्धिको खुल्ला अवलोकन गर्ने शहर हो । यो संस्कार र संस्कृतिको पहिचानको शहर पनि हो । अनेकौं दर्शनीय स्थलको आकर्षण, ऐतिहासिक महत्त्व र शिल्पकारितामा अचम्मको समिश्रण समेटेको बैंककमा अनेकौ रमणीय एवम् पर्यटकीय स्थलहरू छन् ।