मुलुक डेस्क,

वर्षः ०१ | अङ्कः ०३ | कार्तिक २०७५

विश्व प्रसिद्ध ‘द टाइम्स हाइयर एजुकेसन’ले गरेको सर्वेक्षणमा त्रिभुवन विश्वविद्यालय उत्कृष्ट हजार विश्वविद्यालयको सूचिमा उक्लिन सफल भएको छ । सेप्टेम्बर २५ देखि २७ सम्म सिंगापुरमा सम्पन्न उच्च स्तरीय विश्वविद्यालय सम्मेलनमा करिब २० हजार विश्वविद्यालयलाई पछि पार्दै आपूmलाई अब्बल दर्जामा पार्न सफल भएको छ ।

वि.सं. २०१६ सालमा स्थापित त्रिवि पहिलो पटक उत्कृष्ट हजारमा पर्न सफल भएको छ । विद्यार्थी भर्नाको तथ्याङ्ग अनुसार त्रिवि विश्वको ११ औं स्थानमा पर्छ । हाल त्रिविमाा करिब ३ देखि ४ लाख विद्यार्थी अध्ययनरत छन् । त्रिविका ६० आंगिक र १ हजार ८४ सम्बन्धन क्याम्पस संचालनमा छन् साथै २ हजार पोस्ट ग्रयाजुएट कार्यक्रम संचालनमा छन् । करिब ८ हजार शिक्षक÷प्राध्यापक र त्यतिकै हाराहारिमा कर्मचारी कार्यरत छन् ।

सो सर्वेक्षण अनुसार अमेरिका र बेलायतका विश्वविद्यालयहरू उत्कृष्ट १० को सूचिमा परेका छन् । पहिलो स्थानमा अक्सफोर्ड, दोस्रोमा क्याम्ब्रिज, तेस्रोमा स्ट्यान्डफोर्ड, चौथोमा म्याच्युसेटस र पाँचौमा क्यालिफोर्निया इन्सिच्युट अफ टेक्नोलोजी विश्वविद्यालय छन् । यसैगरी छैठौंमा हार्डभर्ड, सातौंमा प्रिन्सटन, आठौंमा एले, नवौंमा इमपेरियल र दशौंमा युनिभर्सिटि अफ सिकाओ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *