शरद रेग्मी,
वर्षः ०१ | अङ्कः ०२ | असोज २०७५
दाङका एक युवाले आफुले गरे के हुदैन भन्ने भनाइलाई काम गरेर देखाएका छन । तुलसीपुर उपमहानगरपालिका ३ राणा गाउँका २७ वर्षीय ऋषि परियारले दैनिक तीन किलोमिटरसम्म हातले टेकेर आफ्नो क्षमता प्रर्दशन गरिरहेका छन । आफ्नो कला गिनिज बुकमा रेकड गर्ने सपना छ । तर आर्थिक अभावले गर्दा उनी अहिलेसम्म त्यो सपना पूरा गर्ने सकेका छैन ।
हामीलाई सुन्दा अचम्म लाग्न सक्छ मानिस खुट्टाले हिड्दा धेरै समस्या हुन्छ तर हात टेकेर उनी १ घण्टा १० मिनेटमा तीन किलो मिटरसम्म हिड्न सक्ने क्षमता राख्छन् । २७ वर्षीय परियारले हातले हिडेर लामो दुरी पार गरेर विश्वकीर्तीमानी कायम गर्ने दौडमा छन् । तर आर्थिक अभावमा उनको विश्व किर्तीमानी कायम गर्ने सपना पूरा हुन सकेको छैन । तथापि उनले हिम्मत भने नहारेको बताए । जसरी पनि विश्व किर्तीमानी कायम गरेरे देखाउने परियार भन्छन, अहिले गिनिज बुकको लागि फारम भरेको छु, त्यसैको पर्खाइमा बसेको छु । ‘म हातले टेकेर लामो दुरीको यात्रा पार गरेर विश्वकीर्तिमानी कायम गरेर देखाउने प्रक्रियामै छु । तर आर्थिक अभाव हुँदा प्रक्रिया अघि बढाउन समस्या रहेको छ ।
आफ्नो क्षमता देखाउने गिनिज बुकको कार्यालयबाट कर्मचारी नेपाल बोलाउँदा करिब १० लाख खर्च हुने हुन्छ तर उक्त रकम आफूसंग नभएकाले आफ्नो गिनिज बुकमा नाम लेखाउने सपना पूरा नभएको उनले बताए ।परियार सानैदेखि खेल क्षेत्रमा रुचि राख्ने गर्थे । उनी सानैदेखि जिम्न्यास्टिक, उफ्रने, दौड्ने, खेल खेल्न बढी रुचाउथे । १४ वर्ष अघि उनको मनमा मानिस खुट्टाले त हिड्छन तर हातले हिडे कस्तो हुन्छ होला ? यो प्रश्न उनको मनमा खेल्न थाल्यो । उनले मनमा उक्त प्रश्न खेलाइरहन मानेनन् । अनि आफै हातले हिड्ने अभ्यास गर्न थाले । १४ वर्षको लामो संघर्ष र प्रयास पछि उनी अहिले उकालो, ओरालोसमेत हिड्न सक्ने भए । यही सीपलाई लिएर उनी विश्व कीर्तिमानी कायम गरी आफ्नो जन्मभूमि र देशलाई चिनाउने दौडमा छन्