मुलुक डेस्क, मलंगवा । २०८० जेष्ठ ०९, मंगलवार

राजपुत समाज नेपालले नेपाल राज्य भित्र आफ्नो कार्यक्षेत्र विस्तार गर्ने अभियानको शुरुवात सर्लाही जिल्ला शाखा गठन गरेर गरेको छ । २०८० साल जेष्ठ ०६ गते शनिवारको दिन उद्योग बाणिज्य महासंघ मलंगवाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा मुख्यतः सर्लाहीका र आगन्तुक गरि २०० भन्दा बढीको सहभागिता रहेको थियो ।

कार्यक्रममा सर्लाही शाखा गठन गरिनुका साथै सामाजिक उत्थान सम्बन्धि छलफल पनि गरिएको थियोे । कार्यक्रमको अध्यक्षता क्षत्रिय राजपुत समाज सर्लाहीका अध्यक्ष श्री जितेन्द्र कुमार सिंहले गरेका थिए भने प्रमुख अतिथिको रुपमा राजपुत समाज नेपाल का केन्द्रिय अध्यक्ष श्री विजयकुमार सिंह रहेका थिए । कार्यक्रमका विशिष्ट अतिथिको रुपमा जिसस सर्लाहीका सभापति कौशल किशोर सिंह, मनराशिसवा नगरपालिकाका पुर्वमेयर श्री संजयकुमार सिंह, समाजका केन्द्रिय महासचिव श्री संजीव सिंह र केन्द्रिय सदस्य श्री रन्जितकुमार सिंह रहेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा समाजका सल्लाहकार श्री चन्दन प्रसाद सिंह, औषधि व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष श्री राजन सिंह, राष्ट्रिय अनुसन्धानका पुर्व एसपी श्री रविन्द्र प्रसाद सिंह, नेपाल शिक्षक संघ सर्लाहीका पुर्वअध्यक्ष श्री श्यामबाबु सिंह, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव श्री अजित सिंह, राजपुत क्षत्रिय समाजका पुर्वअध्यक्ष श्री सीताराम सिंह, हथिऔल गाविसका पुर्वअध्यक्ष श्री विश्वमोहन सिंह, छतौना गाविसका पुर्वअध्यक्षद्वय श्री उमेश कुमार सिंह, श्री गजेन्द्रनारायण सिंह, सुदामा गाविसका पुर्वअध्यक्ष श्री गाेपी सिंह, मधुबनी गाविसका पुर्वअध्यक्ष श्री चन्द्रीका सिंह,अर्नाहा गाविसका पुर्वअध्यक्ष श्री चन्देश्वर प्रसाद सिंह, बारा गाविसका पुर्वअध्यक्ष श्री रघुवंश प्रसाद सिंह, बलरा नपा ११ का पुर्व वडाअध्यक्ष श्री योगेश्वर प्रसाद सिंह, गौर नपाका वडाअध्यक्ष अर्जुन सिंह, मनराशिसवा नपाका पुर्व वडाअध्यक्ष श्री बिनोदकुमार सिंह लगायतको उपस्थिति रहेको थियोे ।

राजपुत समाज नेपालको बिधान अनुसार केन्द्रिय कार्यसमिति(केन्द्रस्तरमा), प्रदेश कार्यसमिति (प्रदेशस्तरमा), जिल्ला कार्यसमिति (जिल्लास्तरमा) तथा गाउँ र नगर कार्यसमिति(स्थानीय स्तरमा) गरि चार स्तरमा संगठनात्मक ढांचाको व्यवस्था रहेको छ । जसमा ११ सदस्यीय पदाधिकारीको व्यवस्था रहेको छ । कार्यक्रममा तीन सदस्यीय निर्वाचन पर्यवेक्षकद्वारा ११ सदस्यीय कार्यकारिणी समिति निर्विरोध निर्वाचित भएको थियो । राजपुत समाज नेपाल सर्लाही शाखाका नवनिर्वाचित पदाधिकारी यसप्रकार रहेको छ:-
१. श्री संतोष कुमार सिंह (अध्यक्ष)
२. श्री प्रभात कुमार सिंह (उपाध्यक्ष)
३. श्री अजय कुमार सिंह (सचिव)
४. श्री बिरेन्द्र कुमार सिंह (कोषाध्यक्ष)
५. श्री कृष्णा कुमार सिंह (सदस्य)
६. श्री नरेश सिंह (सदस्य)
७. श्री उदय सिंह (सदस्य)
८. श्री सोनु सिंह (सदस्य)
९. श्री वीरेन्द्र कुमार सिंह (सदस्य)
१०. श्री पंकज कुमार सिंह (सदस्य)
११. श्री चन्दन कुमार सिंह (सदस्य)

राजपुतसमाजनेपाल #राजपुतसमाजसर्लाही #Rajput #rajputsamaj #Nepal #Sarlahi

Leave a Reply

Your email address will not be published. Required fields are marked *