बद्री नाथ झा, काठमाडौं । २०८० बैशाख २९, शुक्रवार

महोत्तरीको रामगोपालपुरमा साहुले भने अनुसारको नयाँ तमसुक नबनाएको भन्दै एक महिलामाथि कुटपिट भएको छ। रामगोपालपुर नगरपालिका-२ टेंगरकी शिवोदेवी महरालाई स्थानीय शिलादेवी यादवले निर्घात रूपमा कुटपिट गरेका छन्।

ऋणवापतको रकम फिर्ताको माग गर्दै शिलादेवीले महरालाई धारिलो हतियारले प्रहार गरेका बुझिएको छ। गम्भीर घाइते भएकी महराको स्थानीय निजी क्लिनिकमा उपचार भइरहेको छ।

यसअघि यादवका श्रीमान रविन्द्रले आफूहरूलाई दुर्व्यवहार गरेको पीडित महिलाका श्रीमान् रामअवतार महराले बताएका छन्। स्थानीय विद्यालयका प्रधानाध्यापक समेत रहेका यादवले आफूहरूलाई बिहीबार कार्यकक्षमा बोलाई गाली बेइज्जती समेत गरेको महराले जानकारी दिएका छन्।

महराले घरायसी कार्यको सिलसिलामा शिलादेवीसँग १ लाख लिएको थियो। पछि सवा ब्याज गरी १ लाख ६० हजार रुपैयाँ तिरेर कागज च्यातेको थियो।

अझ २५ हजार रुपैयाँ थप माग गरेपछि विवाद भएको हो। यादवले महरालाई २५ हजारको नयाँ तमसुक बनाउन भनेपछि विवाद उत्पन्न भएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *