मुलुक डेस्क, काठमाडौं । २०८० बैशाख २०, बुधवार

बुधबार नेपालगञ्जको रामलिला मैदानमा भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै शाहले अहिले पनि जनताको जिवनस्तर सुधार हुन नसकेको र मुलुक पनि अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका हुन् ।

“अब म भन्छु, हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि उठौँ । हामी पाखुराका बलमा अघि बढ्न कम्मर कसौँ । यसका निम्ति के पुरुष, के महिला, के आजको जाँगरिलो युवा, के अनुभवी बुढाबुढी सबै अब जुट्नुपर्छ,” उनले भने ।

पूर्वराजा शाहले उद्योगधन्दा, कलकारखाना, उत्पादन निष्प्रभावी रहेका कारण अहिले लाखौँ युवाहरू विदेशिन बाध्य भएको बताए ।

शाहले लामो अवधिसम्म पनि नेपाल र नेपालीको अवस्था पुरानै परिस्थितिमा रहेको पनि बताए ।

“लामो अन्तरालपछि म आज उभिएर देशका बारेमा त्यस्तै कुरा गर्न विवश छु । मलाई दु:ख लाग्छ, यो लामो अवधिसम्म पनि हाम्रो अवस्था त्यही र त्यस्तै परिस्थितिमा छ,” उनले भने ।

उनले देशवासीको अवस्था सुधार गर्ने र जनतालाई शान्ति सुशासनका साथै मुलुकलाई समृद्ध बनाउने आफूहरूको भावना, धारणा र नारा रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *