मुलुक डेस्क, काठमाडौं । २०७९ चैत्र २६, आइतवार

अमेरिकामा बसेर नेपाली साहित्य र संगीतमा निरन्तर योगदान दिँदै आएका कवि तथा गायक लेख काफ्लेको नयाँ गीत “मदहोश बनेँ” सार्वजनिक भएको छ।

काफ्लेकै अफिसियल युट्यूब च्यानलबाट रिलिज भएको उक्त गीतमा शब्द गायक स्वयम्‍को रहेको छ भने यस गीतमा संगीत किरण भुसालले दिएका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ भने फिल स्टुडियोका अशोक महर्जनको रहेको छ।

नेपालको मनोरम पहाडी जिल्ला दोलखाका रमणीय स्थलहरूमा छायांकन गरिएको उक्त गीतको म्यूजिक भिडियोमा चर्चित सिनेअभिनेत्री वर्षा शिवाकोटी, वरिष्ठ कलाकार सुरवीर पण्डित र लेख काफ्लेको अभिनय रहेको छ।

एक प्रेमिल जोडीको प्रेम कहानी र वियोगान्त कथालाई निर्देशक केशवराज भट्टले म्यूजिक भिडियोमा कलात्मक शैलीमा प्रस्तुत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *