संजीव सिंह, काठमाडौं । २०७९ चैत्र २६, आइतवार

राजपुत समाज नेपालले पहिलोपटक सामुहिकरुपमा पारिवारिक मिलाप र मिठासको महोत्सवलाई आत्मसात गर्दै राजधानीमा बनभोज कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ ।

आपसी सदभाव, समन्यवन र सम्वादको निरन्तर चलि राख्ने कार्यक्रममध्येको ऐतिहासिक “वनभोज कार्यक्रम २०७९” भव्यताका साथ गोदावरीमा चैत्र २५ गते शनिवार सम्पन्न गरेको छ ।

गीत संगीत र मनोरञ्जनात्मक खेल संगै स्वादिष्ट खानपिनको साथ समाजले आयोजना गरेको वनभोज कार्यक्रम २०७९ निकै उत्साहपुर्वक सम्पन्न भएको जानकारी समाजका उपाध्यक्ष उमेशकुमार सिंहले बताए ।

कार्यक्रममा करिब तीन सय (३००) जनाको बृहत भेला भएको जानकारी समाजका अध्यक्ष श्री विजयकुमार सिंहले बताए । सयौंको संख्यामा उपस्थिति जनसमुदायले परिवर्तन र स्विकारोक्त्तीको सन्देश दिएकोमा समाजका सदस्यहरु प्रती अध्यक्ष सिंहले आभार प्रकट गरे । साथै अध्यक्ष सिंहले समाजको २०८० सालको वार्षिक क्यालेन्डर सार्वजनिक गरे साथै साझा भवनको रुपमा “सिंह भवन” बन्ने अठाेट पनि गरे ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य माननीय शेखर कुमार सिंह, मधेश प्रदेश सदस्य माननीय सतिश कुमार सिंह, मधेश प्रदेशका पुर्व सदस्य डा. मनोज कुमार सिंह, मनराशिसवाका पुर्व मेयर संजय कुमार सिंह, पुर्व सहसचिव राजेश प्रसाद सिंह , पुर्व सहसचिव श्याम किशोर सिंह, पुर्व डिआइजी नरेन्द्र कुमार सिंह, पुर्व एसएसपी मुकेश कुमार सिंह, नेपाल विधुत प्राधिकरण कास्कीका प्रमुख ई. राजीव कुमार सिंह लगायत संयुत्त खश क्षत्री समाजका प्रतिनिधिपात्रहरु तथा बच्चा, महिला एवम् आगन्तुकहरुको उपस्थिति रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *